ब्रेकिङ : सबैलाई लगानीकर्ताहरुलाई बधाई छ ! सफल भयो लगानीकर्ताको आन्दोलन, निर्णयबाट सरकार पछि हट्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आन्दोलनमा रहेका लगानीकर्ताहरुको आन्दोलन सफल भएको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अर्थमन्त्रालयले निदेर्शन दिएपछि लगानीकर्ताको आन्दोलन सफल भएको हो । यो निर्णयसँगै बुधबारको शेयर कारोबार खुल्ने भएको छ । आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउन साथ बुधबार सेयर कारोबार सुचारु हुनेछ ।

अर्थमन्त्रालयले लाभकरको बिषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन नआएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको हो । सरकारले मंगलबार अर्थमन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति गठन गरेको थियो ।
प्रकाशित : Wednesday, June 06, 2018
,

recent

Popular Posts