सिभिल बैंकको सर्वाधिक ब्याज पाइने “चन्द्रसूर्य बचत खाता” योजना, पाँच लाख रुपैयाँसम्मको निःशुल्क बीमा सेवा प्रदान गर्ने


काठमाडौं - सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना  “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ ।

यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

त्यसैगरी, आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात तीन लाख रुपैयाँ रहेको छ ।बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताएका छन् ।
प्रकाशित : Tuesday, June 12, 2018

recent

Popular Posts