×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसको प्रश्नमा प्रधानमन्त्रीको व्याङ्ग्यात्मक उत्तरः धुलो टकटक्याएर अगाडि बढाइयो !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै छिमेकीसँग विश्वासयोग्य र भरपर्दो सम्बन्ध बनाउन चाहेको बताएका छन् । चीन र भारतलाई साथमा लिएर नै विकासको प्रयासलाई तिव्रता दिइने उनले बताए ।

हालै सम्पन्न चीन भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो क्षणिक स्वार्थका लागि एउटा छिमेकीविरुद्ध अर्को छिमेकीलाई कार्डको रुपमा नखेल्ने बताए । उनले भने, हामी यता ढल्कने वा उता ढल्कने गर्दैनौं ।’
समृद्ध नेपाल, सुखी नेपालको आकांक्षा पूरा गर्न चीन भ्रमण सहयोगी बनेको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्रीको सम्बोधन लगत्तै सभामुखले प्रश्न गर्न पाइने भन्दै एक जना सांसदलाई समय दिए । कांग्रेस सांसद दिलेन्द्र बडूले ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन र लिपुलेकबारे के छलफल भयो भन्ने प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्री ब्यग्यात्मक जवाफ दिए । सन् २०१६ मा चीनसँग व्यापार तथा पारवाहन सम्झौता गरेलगत्तै आफू सरकारबाट बाहिरिनु परेको भन्दै उनले भने, ‘सम्झौता कहाँ छ भनेर खोज्नै समय लाग्ने गरी कुन पत्र मुनी परेको थियो । त्यसलाई निकालियो र धुलो टकटक्याएर अगाडि बढाइयो ।’
तर, केही छलफल बाँकी रहेको भन्दै उनले जुलाइमा प्रोटोकल तयार गरेर हस्ताक्षर हुने बताए । उनले यो संयुक्त बक्तव्यमा पनि छ भन्दै खोजे तर, भेट्टाउन सकेनन् ।
लिपुलेकबारे चीन भ्रमणका क्रममा के छलफल भयो भन्नेबारेमा भने प्रधानमन्त्रीले प्रष्ट जवाफ दिएनन । कुनै पनि नाममा सीमाको लेनदेन नहुने भन्दै उनले भने, ‘हाम्रो देश छिमेकीहरु भन्दा सानो छ । तर, सानो देशले छोडिछोडी सम्झौता गर्नुपर्ने हुँदैन ।’
सरकारले देशको सीमानाको सुरक्षा गर्ने भन्दै उनले भने, ‘तर, कतिपय कुरा लामो समयदेखि पेन्डिङ छन् । कसरी भए भनेर मन्त्रालयगत अध्ययन गर्न समय लाग्ने भयो । त्यत्तिकै कुरा उठाउने र किनारामा नपुर्‍याउनु, सबै कुरा एकै पटक उठाउनु र कुनै पनि कुरा निश्कर्षमा नपुर्‍याउनु उचित हुँदैन ।’
आफ्नो भारत भ्रमणमा भएका कुराकानीको परिणाम आउन थालेको उनले भने, ‘चीनसम्वन्धी कुरामा पनि म के आश्वस्त पार्न चाहन्छु भने हामीले यसमा कुनै राजनीति गर्नु छैन । यो देशको प्रश्न हो, हामी देशलाई माया गर्छौ र हाम्रो पुस्ताले देशको रक्षा गर्नुपर्छ । हाम्रो पुस्ता सीमाको रक्षा गर्न नसक्ने होइन ।’
विगतमा कमीहरु भएका रहेछन् भने अध्ययन गरेर उचित निश्कर्ष निकालिने उनले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: