×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौलीको आयोजनामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

दमौली- राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले सोमबार आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न भएको छ।  दीगो आर्थिक विकासका लागि स्थानीय स्रोतको अधिकतम परिचालन गरी सवल र सफल मुलुक निर्माणका लागि सहकारी अभियानको भूमिकालाई बढाउनु पर्नेमा तनहुँको दमौलीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका संयोजक शालिकराम वाग्लेले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको सवलीकरण आवश्यक रहेको बताएका छन्  । उनले  देशमा खेर गैरहेका स्रोत र साधनको उपयोग गरी जनतालाई आयआर्जनका साथै व्यवसायिक बनाउन सहकारी क्षेत्र उपयुक्त र प्रभावकारी हुने धारणा राखेका हुन्  ।
कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सबल बनाउनका लागि गरिवी निवारण र विपन्न वर्ग लक्षित कार्यक्रमहरु सहकारी बैंकमार्फत जनतामा लैजानु पर्नेमा जोड दिए  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: