×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इसेवाका सीइओको ‘पासा’ले टेलिकमकी कामीनीको थमौती ! घटना लुकाउन ९ करोड खर्च, भित्री खेल अझै ठुलो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनी राज भण्डारीलाई बचाउन इसेवाले ठुलो चलखेल गरेको भन्दै इसेवाका सीइओ अस्गर अली विरुद्ध सम्पति सुद्धीकरण आयोगमा उजुरी परेको खबर छ । भण्डारीलाई बर्खास्त गर्ने निर्णयमा बोर्ड पुगेपनि र उच्च राजनीतिक लविङका कारण उनलाई पहिला स्पष्टीकरण सोध्ने भनिएपछि केहि समयअगाडी सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग ७ दिने स्पष्टीकरण सोधेको थियो । सरकारले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का दिएको १ बर्षसम्म काम नै सुरु गर्न नसकेको बिषयदेखि काठमाडौं र पोखरामा फोरजीको ठेक्का दिने क्रममा टेण्डर नगरी अपारदर्शी रुपमा अरवौंको चलखेल गरेको भन्दै उनलाई असक्षम घोषणा गर्दै संस्थाबाट निकाल्ने गरीको कुरा मन्त्रीपरिषद् पुगेको थियो ।

तर टेलिकमसँग करोडौंको कारोबार गरिरहेको इसेवाका सीइओ (जो अहिले प्रधानमन्त्री केपी ओलीका आइटी बिज्ञ छन्) का कारण कामीनीको थमौती भएको भन्दै कामिनी राज भण्डारी र अग्सर अलीको सम्पत्ति छानविन गर्न भन्दै सम्पत्ति सुद्धीकरण आयोगमा उजुरी परेको हो । इसेवाले टेलिकमसंग मिलेर अरवौंको कारोबार गरिरहेको छ भने यो काममा नीतिगत रुपमै खेलेर इसेवालाई कामिनीले सहयोग गरिरहेको चर्चा यसअघि नै बाहिरिएको थियो । इसेवाको आयको मुख्य हिस्सा पनि टेलिकम नै हो । कामिनी निकालिएको खण्डमा सुनील पोख्रेल एमडी भएर आउने पक्कापक्की भएपछि उनले इसेवाले गरेका कतिपय काममाथि खोट लगाउने भएपछी यस्तो खेल भएको स्रोतको दावी छ ।   

सम्पत्ति सुद्धीकरणमा यस्तो व्यहोराको उजुरी, छानविन होला त ?
विशेष स्रोतले दिएको जानकारी अनुसार अहिले कामीनीलाई बचाउन इसेवाका सीइओ अग्सर अलीले भूमिका खेल्ने, र मिडिया व्यवस्थापनका लागि इसेवाले ९ करोड खर्च गर्ने र सो रकम कामीनीको थमौती भएको खण्डमा कामिनीले हुवावेलाई दिएको कामबाट पाएको कमिसनले इसेवालाई पुन: फिर्ता गर्नेगरी सम्झौता भएको कुरा उक्त उजुरीमा उल्लेख गरिएको छ  । सोहि अनुरुप कामिनीलाई बर्खास्त नगर्न अलीले ठुलो लविङ गरेका थिए भने यो कुरा मिडियामा नआओस् भनेर इसेवाकै डिजाइनमा अहिले नेपालका अधिकांस टेलिभिजनहरुमा इसेवाको महँगो बिज्ञापन बजीरहेको समेत उक्त उजुरीमा उल्लेख छ । त्यतिमात्र होइन ‘यो घटना बाहिर नआओस् भनेर राजनीतिक रुपमा चलेका अनलाइनहरुलाई पनि इसेवाले महँगो बिज्ञापनका नाममा पैसा बाँडेको छ । यस अघि इसेवाको यसरी मिडिया क्याम्पेयनमा जाने कुनै पनि खालको योजना नभएको तर कामीनीको पद धरमर हुने बित्तिकै इसेवाले यस्तो चलखेल गरेको’ भन्ने तथ्य उक्त उजुरीमा उल्लेख छ ।
यसै पनि इसेवा संचालकसमेत रहेका विश्वास ढकाल ठग व्यापारीका रुपमा चिनिन्छन् । ‘उनले क्यास अन एड’ नामक एप चलाएर जनताको करोडौं पैसा ‘पच’ परेका छन् भने राष्ट्र बैंकको स्वीकृति बेगर इसेवामा अरवौंको कारोबारमा चलखेल गरिसकेका छन् । पछि राष्ट्र बैंकको स्वीकृति बेगर इसेवाले आफ्नो धन्दा चलाईरहेको खबर सार्वजनिक भएपछि इसेवाले राष्ट्र बैंकबाट लाइसेन्स लिएको थियो । बिटक्वइन प्रकरणमा समेत रातारात सिष्टम अपग्रेड गरेको इसेवाले सो प्रकरणमा पनि ठुलै चलखेल गरेको चर्चा बाहिर आएको थियो । राष्ट्र बैंकको स्वीकृति नलिइ इसेवाले ठुलो वित्तीय कारोबार गरेपछि आन्तरिक राजश्व विभागले कम्पनीलाई ‘फुल अडिट’मा समेत हालेको थियो । त्यो बेला समेत राजश्व विभागलाई समेत मोटो रकम घुस खुवाएर इसेवाले आफ्नो बचावट गरेको चर्चा त्यतिबेला नै चलेको थियो ।
राजनीतिक डिल इसेवाले मिलाउने अनि कामिनीले बिज्ञापनको रकमको भरपाई गर्ने ?
यता राजनीतिक डिल इसेवाले मिलाईदिने र काठमाडौं र पोखरामा फोरजीको ठेक्का टेण्डर नगरी हुवावेलाई दिने क्रममा त्यहाँबाट आएको कमिसनबाट इसेवाले बिज्ञापनमा खर्च गरेको ९ करोड भरपाई गर्ने गोप्य सहमतिसहित इसेवा र नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनीराज भण्डारीबीच सहमति भएको समेत उक्त उजुरीमा उल्लेख भएको स्रोतको दावी छ । कामिनी बाहेककै टेलिकम संचालक समितिको बैठक २०७५ बैशाख २० मा संचार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । जुन बैठकमा राजभण्डारीलाई बोलाइएको थिएन । राजभण्डारीविना बसेको बोर्ड बैठकले राजभण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएकाले टेलिकमले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको थियो ।
यस विषयमा अग्सर अलीलाई सम्पर्क गर्दा उनी हाम्रो सम्पर्कमा आउन चाहेनन् । यता विश्वास ढकालले  त इसेवा आफ्नो कम्पनी नै होइन र एफवान सफ्टमा समेत आफ्नो कुनै सहभागीता नरहेको भनी झुट बोलेको अडियो रेकर्ड हामीसँग सुरक्षित छ । स्रोतले दिएको जानकारी अनुसार उक्त पत्रमा उल्लेख भए अनुसार छानविन भएको खण्डमा सबै कुरा बाहिर आउनेछ । तर इसेवाका प्रतिनिधिनै सरकारको उच्च पदमा रहनुले यो केस छानविन होला त भन्ने प्रश्न पनि तेर्सिएको छ ।
स्मरण रहोस् इसेवा गैरकानुनी रुपमा चलिरहेको छ भन्ने खबर पहिलोपटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । पछि इसेवाले राष्ट्र बैंकबाट स्वीकृति लिएर इसेवा चलाएको थियो । अव यो प्रकरणमा पनि उजुरीउपर छानविन हुन्छ कि हुँदैन भन्ने कुरामा हामी निरन्तर फलोअपमा छौं ।     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: