×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानैमा एसएलसी पास भएका बैंकरको रमाइलो कथा : ‘कलेज टुर जाँदा सिट नपुगे केटी साथीहरुले काखमै राखेर लैजान्थे’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गणेश पराजुली । पेशाले बैंकर । हाल एनएमबी बैंक लिमिटेडमा कार्यरत छन् उनी । चार्टड एकाउन्टेन्सी उतिर्ण गरेका उनीसँगको एक भेटमा हामीले एसएलसी ताकाका दिनहरु सम्झने प्रयास गर्यौं । एसइइ (तत्कालीन एसएलसी)को नतिजा आउँदा धेरैले आफ्ना एसएलसीताकाका दिनहरु सम्झने गर्छन् । हामीले पनि त्यहि प्रयास गर्यौं । पछिल्लो समय चार्टड एकाउन्टेन्टहरुमाझ पनि निकै नै राम्रो छवि बनाएका पराजुलीलाई हामीले एसएलसीताकाका दिनदेखि अहिलेको करियरसम्मको यात्रा सम्झाउने प्रयास गर्यौं । र सम्झीए पराजुलीले एसएलसीका ती रमाइला दिनहरु । अमर सिंह स्कुल, पोखराबाट एसएलसी दिएका उनले त्यसपछी आफ्ना केहि रमाइला कहानीहरु सुनाए । सबैभन्दा बढी अंक गणितमा ल्याएको, स्वास्थ्य विषयमा सबैभन्दा कम अंक आएको, र स्कुल गएर गोरखापत्रमा नतिजा हेरेको मात्र होइन, उनले केहि रमाइला र केहि हाँसउठ्दा कुराहरु पनि सुनाए ।  
‘कलेज टुर जाँदा सिट नपुगेर केटी साथीहरुले काखमै राखेर लैजान्थे’
एसएलसी सक्दा ज्यान निकै सानो थियो । उसो त उमेर पनि निकै सानो । ‘सानैमा एसएलसी दिँदाका फाइदा पनि रहेछन्, बेफाइदा पनि ।’ पराजुली भन्छन्, ‘फाइदा करियर बनाउने बेलामा सजिलो हुने रहेछ । बेफाइदाचाहिं कलेज पढ्ने बेलामा सार्है झ्याउँ । कसैले नपत्याउने ११-१२ मा पढ्ने विद्यार्थी भनेर ।’ एसएलसी सकिएपछी कलेज पढ्दाका दिनहरु सम्झंदै उनी भन्छन्, ‘एसएलसी सकिएपछी पीएन क्याम्पसमा भर्ना भएँ । आइएससी पढ्दा कक्षामा फिजिक्स विषय पढाउने सरले आएर ‘किन आएको बाबु यहाँ ? यो त तिम्रो स्कुल होइन त !’ भनेर सम्झाउनुभयो । मैले आफ्नो रोल नम्बर भनेर आफु त्यहाँकै विद्यार्थी भएको बताएपछी उहाँ मज्जाले हाँस्नुभयो । अझ रमाइला क्षण सुनाउँदै उनी सम्झन्छन् । ‘म निकै सानो थिएँ । कतिपयले त भाइ भन्थे । एउटा रमाइलो कहानी सम्झना छ । कलेज टुर जाने बेलामा सिट नपुगेर आफ्नै कक्षाका केटि साथीहरुले काखमै राखेर लगेका थिए । अहिले त सम्झंदा पनि कस्तो कस्तो लाग्छ ।’
‘एसएलसी पछी आइएस्सी पढियो । आइएस्सी सकेर बिएस्सी पनि सकें । तर एमएस्सी पढ्न मन लागेन ।  साइन्स पढेको केटोलाई त्यसपछि सिए पढ्ने रहर जाग्यो । सबैले सहयोग गर्नुपनि भयो ।   त्यतिबेला सीए पढ्ने भनेपछि सीएआइको नाम अगाडी आउंथ्यो । मैले पनि त्यहीं पढें ।  त्यसपछी सिए पढ्न भारत गएँ । सिए सकेर नेपाल आएपछी जागिर सुरु गरें । माछापुछ्रे बैंकमा काम गरें । ६ बर्ष त्यहाँ काम गरेपछि अहिले साँढे ३ बर्ष भयो एनएमबी बैंकमा काम गरिरहेको छु ।’ पराजुली भन्छन्, ‘हिजो आज एसइइको नतिजा आउने कुरा सुन्दा ती दिनहरु याद आउँछ । रमाइलो लाग्छ । शिक्षकले सानो देखेर यो तिम्रो स्कुल होइन भनेको सम्झंदा सार्है सानो रहेछु जस्तो लाग्छ । सँगैका साथीले काखमा राखेर टुर लगेको सम्झंदा रमाइलो लाग्छ । 
अभिभावक र विद्यार्थीलाई सुझाव !
बुझेर पढ्नुपर्छ, गर्न नसकिने केहि छैन । म पनि साइन्स पढेर सिए सकेको मान्छे हुँ । इक्षाशक्ति भए केहि पनि कुरा गाह्रो छैन । पढ्नचाहिं मेहेनत गरेर पढ्नुपर्छ । एसइइपछाडीका दिनहरु झन् असहज हुन सक्छन् । करियर बनाउनै पर्ने बाध्यता हुन्छ । सँगै थुप्रै जिम्मेवारी पनि आइपर्छ । एसइइमा थोरै नम्बर आयो वा राम्रो ग्रेड आएन भनेर आत्तिनु हुँदैन । लगातार मेहेनत गर्नुपर्छ । सफलता टाढाको कुरै हुन्न । तर एसइइमै आएको राम्रो नतिजाबाट मातिएर पछी फेल नै भएकाहरु पनि धेरै छन् । यो कुरामा पनि सबैले बिचार गर्नुपर्छ । अभिभावकले पनि आफ्ना बालबच्चालाई जवर्जस्ती आफुले भनेको विषय पढाउन खोज्नु हुन्न । उनीहरुको इन्ट्रेष्ट केमा छ, त्यो बुझ्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: