×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा ‘एग्रेशिभ’ बन्दै गरिमा विकास बैंक, मोरङ्गका छुट्टाछुट्टै स्थानमा ४ शाखा विस्तार

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले शाखा विस्तार गर्दै  सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले एकैदिन  सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गरेको हो ।
ईटहरी शाखाको उद्घाटन ईटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले, धरान शाखाको उद्घाटन धरान उप–महानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदीले, बिराटनगर शाखाको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले र टंकीसिनवारी शाखाको उद्घाटन बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द माझीले गरे ।
बैंकले छिट्टै नै काठमाडौंको नयाँ बानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बांकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखा कार्यालय खोल्दैछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: