×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सामसुङको आइफोन’ र नेपाल टेलिभिजन काण्ड सेलाउन नपाउँदै सञ्चारमन्त्रीको अर्को ‘भालु’ काण्ड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सञ्चारमन्त्री गोकुल बास्कोटा फेरि अर्को काण्डमा फसेका छन् । यसअघि ससुरालीबाट दाइजो ल्याएको, सामुसुंङको आइफोन बोकेको र प्रश्न सोध्दा पत्रकारको जागिर नै खाइदिएको लगायतका काण्डमा फसेका सञ्चारमन्त्री यसपाली भने ‘भालु’ काण्डमा फसेका छन् । 
मन्त्री परिषद्को निर्णय पढ्दा उनी भालुलाई ‘भाले’ भनेर चिप्लिएपछि पुन: विवादमा आएका छन् । मन्त्री परिषद् को बैठकबारे पत्रकारलाई जानकारी दिँदा उनी २ ठाउँमा चिप्लिएका छन् । एउटा असार ३ गते भन्ने ठाउँमा उनले ३० गते भनेका छन् भने अर्को भालु भन्नुपर्ने ठाउँमा भाले भनेका छन् । 
पत्रकारलाई सम्बोधन गर्दै उनले भने ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठक संवत् २०७५ असार ३० गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाउन सम्माननीय राष्ट्रपतिज्यु समक्ष सिफारिश गर्ने निर्णय गरियो।’ जवकी भन्नु पर्ने असार ३ गते थियो । राष्ट्रिय समाचार समितिले निर्णयमा भालु लेखेपछि यस्तो खुलासा भएको हो।
 
यस्तै सदर चिडियाखानामा रहेको एउटा ‘भालु’ भन्नुपर्ने ठाउँमा एउटा भाले भनेर उनी विवादमा आएका छन् । उक्त निर्णयमा सदर चिडियाखानामा रहेको ‘भालु’ भारतलाई फिर्ता गर्ने भनिएको थियो । यसरी पछिल्लो समय निकै विवादमा आएका सञ्चारमन्त्री पुन: ‘भालु’काण्डमा मुछिएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: