एभरेष्ट बैंकद्वारा सामाजिक उत्तरदायित्वमा निरन्तर लाग्दै एभरेष्ट बैंक, गुरुकुल संस्कृत विद्यापीठका विधार्थीलाई संस्कृत तथा धार्मिक पुस्तकहरु हस्तान्तरण


धनगढी- एभरेष्ट बैंकले धनगढीका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विधार्थीलाई सहयोग  गरेको छ । बैंकको धनगढी शाखाले धनगढी उ.म.न.पा. वडा नं. १३ कैलाली गाँउ स्थित श्री नि¨लासैनी गुरुकुल संस्कृत विद्यापीठ लाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तकहरु वितरण गरेको हो ।

धनगढी उ.म.न.पा. का मेयर नृपबहादुर वडले शाखाको तर्फबाट विद्यापीठका विद्यार्थीहरुलाई पुस्तकहरु हस्तान्तरण गरे । एभरेष्ट बैंक धनगढी शाखाले यस प्रकारका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्यको कार्यक्रमहरु गर्दै आएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बैकका धनगढी शाखाका प्रवत्ता जनक अधिकारीले जानकारी दिए ।
प्रकाशित : Tuesday, June 12, 2018

recent

Popular Posts