×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

न्यूरोडबाट ५१ लाख रुपैयाँसहित ७ जना हुण्डी कारोबारी समातिए, ३ करोड १३ लाख बराबरको चेक पनि भेटियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रहरीले हुण्डी कारोबारलाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा प्रहरीले काठमाडौंबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चेक रकम ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँ, मोबाइल, ल्याप्टप र विभिन्न कागजातहरु पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं थापाथलीका २९ वर्षका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी, भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया रहेका छन् । त्यस्तै, भारत दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र भारतको राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: