×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गाडी किन्दा त तपाईं ठगिनु भयो नै, ‘फ्री सर्भिसिङ’ भनेर यस्तो ब्रह्मलुट मच्चाउँदो रहेछ लक्ष्मी हुन्डाईले ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा सबैभन्दा बढी लुट मच्चाइ रहेको हुन्डाई कम्पनीले गाडीमा व्यापक कालोबजारी गरिरहेको छ भन्ने तथ्य अव नौलो रहेन । नेपाली मिडियामा अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबर अहिले राष्ट्रिय इस्यू नै बनेको छ । आफ्ना कर्तुत एक एक गरी सार्वजनिक हुन थालेपछि कम्पनीले आपूर्ति विभागदेखि केहि मिडियाहरुसम्ममा सेटिङ मिलाएको भन्दै हुन्डाईकै काम गर्ने केहि व्यक्तिहरु फलाक्दै हिंडेका छन् । 
यसैबीच हुन्डाईका थप कर्तुतहरु सार्वजनिक भइरहेका छन् । यसैबीच कमपनीले फ्री सर्भिसीङ भनेर जनतालाई ठाडो रुपमा लुट्ने गरेको समेत प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । सोमबार एक ग्राहकले अर्थ सरोकार डटकमको कार्यालयमा फोन गर्दै आफुलाई हुन्डाईले लुट मच्चाएको गुनासो पोखेको छ । ‘हुन्डाईका बारेमा दुई अनलाइन मिडियाले लेख्ने गरेका थिए । एउटाले कम्पनीका सबै न्यूज हटाएछ । किन त्यस्तो गरियो त मैले पनि अलिअलि सोच्न सक्छु । अव अर्थ सरोकारको विकल्प छैन भनेर तपाईंलाई फोन गरेको’ भन्दै उनले आफ्नो गुनासो पोखे । साथै उनले हुन्डाईले फ्री सर्भिसीङका नाममा लुट मच्चाएको समेत दावी गरे । 

हुन्डाईको सर्भिस सेन्टरबाट ठगिएका ग्राहककोले अर्थ सरोकारसँग पोखेको गुनासो जस्ताको त्यस्तै 
(ग्राहकको गुनासोको सम्पूर्ण अडियो रेकर्ड हामीसँग सुरक्षित छ ।) 

मेरो गाडीको नर्मल सर्भिसीङ गराएँ । मैले २७९६४ किलोमिटरमा गाडी सर्भिसीङ गराएँ । त्यति बेला मेरो गाडी वास गरियो, इन्जिन चेकअप गरियो । सबै चेकअप गरियो । इन्जिन ओएल परिवर्तन गरियो । ब्रेक चेकअप समेत गरियो । विवाहका लागि जानुपर्ने थियो । सबै ठिक छ भनेर दिएको गाडीमा एकासी केहि समस्या देखिएजस्तो भयो । गाडी असहज भयो । सबै कुरा ठिक ठाउँमा रहेको गाडी नर्मल सर्भिसीङपछि बिग्रिन थाल्यो । गाडी वारेन्टी पीरिएडमै छ । गाउँमा जाँदा फेरि केहि बिग्रेलाकी भनेर ३०३७० मा मैले फेरि गाडी चेकअप गर्नका लागि पठाएँ । त्यहाँ पनि सबै चेकअप भयो । 
वास भयो, ब्रेक चेकअप भयो र सबै ठिक छ भनेर मलाइ गाडी दिइयो । ३१५६० किलोमिटर चल्दा गाडीमा बढी नै समस्या आएको महसुस भयो ३०३७० किलोमिटर चलाउँदा सबै ठिक छ भनेर दिएको गाडी ३१५६० किलोमिटरसम्म पुगेर समस्या आयो भनेर सर्भिसीङमा दिएको त इन्जिन नै बिग्रियो भनियो । मेरो गाडी वारेन्टी पिरियडमा भएकाले उसैले बनाइदिने भयो । क्लजमा सामान्य समस्या आएको छ बनाइदिन्छु भन्यो, त्यो पनि ठिकै छ । तर गाडीको ब्याट्री नै बिग्रियो भन्ने दिइयो । अगाडी केहि संकेत नै आएको थिएन । अन्तिममा आएर ब्याट्री बिग्रियो भनियो । पछि उसले ब्याट्री परिवर्तन गर्ने पर्ने भन्यो । म सँग विकल्प थिएन । ब्याट्री परिवर्तन गर्यो । अझ उसले आफ्नो बिल पनि काट्न मानेन । अरुको बिल काट्यो र पैसा लियो । यसरी नबिग्रिएको ब्याट्री बिग्रिएको भनेर मलाइ ठगियो ।  

उनीहरुले फ्रीमा सर्भिसीङ गर्ने भनेर ठग्ने रहेछन् । गाडी धुन लागे ठिक छ । एउटा नट मात्र खोल्न लगाइयो भने गाडी यसो बिग्रेको छ र उसो बिग्रेको छ भनेर ठग्ने रहेछन् । सामान्य नागरिकलाई ‘हो क्यार’ भन्ने पर्छ । तर ठाडो रुपमा ठगी हुँदो रहेछ । गाडी बारे खास ज्ञान नहुनेहरुलाई त हुन्डाईका सर्भिस सेन्टरहरुमा लुट मच्चाईदो रहेछ । मैले यो त अति नै भयो अव म मिडियामा जान्छु भनें । 

पहिला त केहि भनेनन् पछि अर्थ सरोकार डटकमलाई खबर गर्छु भनेपछि उनीहरुले लगातार प्रेसर दिए, मिडियामा नजानुहोस् भनेर । तर हुन्डाईले ठग्दोरहेछ भन्ने कुरा सबैलाई ख्याल हुन जरुरी छ । हुन्डाईको गाडीमा व्यापक कालोबजारी छ भन्ने खबर यसअघि अर्थ सरोकार डटकममा पढेको थिएँ । किन्दा त कालोबजारी भइनै हाल्यो, सर्भिसमा त झन् लुटमात्र होइन ब्रह्मलुट मच्चाईने रहेछ । 

यतिसम्मकि सद्धे गाडी सर्भिस सेन्टरमा लग्यो भने पनि यो बिग्रियो र त्यो बिग्रियो भन्ने रहेछन् । गाडी ५ मिनेटमात्र छोड्यो भने पनि सामानहरु परिवर्तन गर्ने हुँदो रहेछ । सबैलाई सजग बन्न अनुरोध गर्छु । र अरुले पनि हुन्डाईबाट ठगिएको महसुस भएमा यो कुरा बाहिर ल्याउनुपर्छ भन्ने मेरो कुरा हो । ठगीको पनि हद हुन्छ । यहाँ त गाडी व्यापारिको भेषमा बन्दुक लिएर बसेजस्तै लुटिंदो रहेछ । 
आफ्नो कर्तुत लुकाउन सरकारदेखि सञ्चारगृह सम्म यस्तो सेटिङ !
हुन्डाईले ठगी गरेको प्रमाणित भएकाले मुद्धा दायर गर्ने अन्तिम तयारी हुँदा नयाँ सरकार गठन भएपछी हुन्डाईको सेटिङमा मुद्धाको मुद्धाको प्रर्किया रोकिएको थियो । यो बीचमा हुन्डाई कम्पनीलाई मुद्धा लगाउने तयारी राजनीतिक रुपमा मोटो रकम दिएर सेटिङ गरिएको स्रोतको भनाइ छ भने हुन्डाईको लुटबारेमा समाचार लेखेका केहि मिडियाहरुलाई मोटो रकम दिएर थामथुम पारिएको दावी समेत विभिन्न ठाउँमा हुन्डाईको काम गर्ने बिज्ञापन एजेन्सी प्रिजमार्कका कर्मचारीले भन्दै हिंडेको समेत चर्चा छ । यसो प्रिज्मार्क नामक कम्पनीले अर्थ सरोकारको कार्यालयमा फोन गरी बिज्ञापनको दर मागेको समेत थियो । पछि हुन्डाईको प्रयोजनका लागि दर मागेको र बिज्ञापन दिने र समाचार हटाइदिन आग्रहसमेत कम्पनीले गरेको थियो । हामीले कुनै पनि हालतमा समाचार हटाउन नमिल्ने भनेपछि कम्पनीका प्रतिनिधि भएर आएका पंकज नाम गरेका व्यक्तिले सबैले सहमतिपछि न्यूज हटाएकोले हामीलाई पनि त्यस्तै गर्न अनुरोध गरेका थिए । हामीले त्यसो गर्न नमानेपछि उनले एक अनलाइन मिडियाले समाचार हटाएको स्क्रिनशट समेत देखाउंदै हुन्डाईले ठुला मिडिया र सरकारसंग करोडौंको डिल गरिसकेकाले एक दुइवटा अन्य मिडियाले हुन्डाईको कर्तुत लेखेर कुनै पनि फरक नपर्ने भन्दै धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका थिए ।  
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: