×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमइका कर्मचारीबाट ९ लाख बढी रकम लुटेर भागेका २ जना काठमाडौँबाट पक्राउ ! अनुसन्धान जारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जेठ १३ गते कैलालीको धनगढीबाट ९ लाख ५० हजार रुपैयाँ लुटेर भागेका २ जना काठमाडौँमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सोमवार विहान काठमाण्डुको गोंगबुबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २८ वर्षी राम प्रवेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियाका २३ वर्षीय कालु राना (कल्लु) छन् ।
अझ खास कुरा त के छ भने कल्लु भनिने कालु राना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । जबरजस्ती करणी अभियोगमा २०६८ सालमा कञ्चनपुरमा पक्राउ परेका कल्लु २०७४ माघमा छुटेका थिए । पछि उनी यस्तै गलत काममा संलग्न भएको बुझिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: