आइएमईको १७ वर्ष पूरा, १८ वर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं- आइएमईको १७ वर्ष पुरा भई  १८ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक कार्यक्रम गरि भव्यताका साथ वार्षिकोत्सव मनाएको छ ।त्यसैले ‘१८ औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यसपटकको वार्षिकोत्सव मनाइएको छ ।

स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८ औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ ।  साथै वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दश वर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रकाशित : Wednesday, June 13, 2018

recent

Popular Posts