अर्थ सरोकारसँग माफी माग्दै कैलाशका सीइओले सच्याए गल्ती, अनुमतिबिना आइटी हेडले मनपरी गरेको प्रष्टोक्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - आफ्ना कर्तुतहरूबारे एक-एक गरी समाचार आउन थालेपछि कैलाश बिकास बैंकका सीइओ अमृतचरण श्रेष्ठ र बैंकमा कार्यरत प्रदिप तुलाधरले नेपालको सविधानमा सुरक्षित गरिएको सूचनाको हकसम्बन्धि अधिकारको बर्खीलाप गरी समाचार प्रकाशन गर्ने अर्थ सरोकार डटकमको डोमेनलाई आफ्नो इन्टरनल सर्भरमा ब्लक गरेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि अन्तत: बैंकका सीइओ अमृतचरण श्रेष्ठले आफ्नो बैंकका तर्फबाट गल्ती भएको स्वीकारेका छन् । उनले आफ्नो अनुमति विना बैंकका आइटी हेडले मनपरी गरको स्पष्टीकरण दिंदै सञ्चार माध्यमलाई बन्द गर्ने कुनै पनि आफ्नो बदनियत नभएकोसमेत स्पष्ट पारेका छन् ।

'हाम्रो समाचार आएपछि अर्थ सरोकार डटकम सर्भरमा बन्द गरिएको साँचो हो । तर यो काम गलत हो भन्नेमा म पनि प्रष्ट छु । हाम्रो कुनै बदनियत छैन । मैलेपनि अर्थ सरोकार डटकममा समाचार आएको छ भनेपछि मात्र यो तथ्य थाहा पाएँ । मेरो अनुमति बिना नै आइटी हेडले त्यस्तो गर्नुभएको रहेछ । म थप छानविन गर्छु ।' उनले भने ।यता उनले आफ्नो समाचार आएपछि आइती हेडले मनपरी गरेको समेत स्वीकारेका छन् । 'म तपाईंलाई यो ब्लकेज तुरुन्त हटाएर खबर गर्छु। ' भनेका उनले त्यसको केहि समयपछि ब्लकेज खुल्ला गरिएको र यसमा आफु माफी चाहेकोसमेत जानकारी गराएका छन् ।  कैलाश बिकास बैंकका आइटी हेडसमेत ६२ बर्षको उमेरमा बैंकमा करारमा रहेको तथ्यलाई उजागर गर्दै अर्थ सरोकार डटकममा कैलाश विकास बैंकमा 'करारे' हरुको हालीमुहाली ! नियममा रोक्या छैन भन्दैमा नांगै हिड्न मिल्छ र सीइओ साप ? शीर्षकको समाचार प्रकाशित भएको थियो । कैलाश बिकास बैंकमा अर्थ सरोकार डटकमको गोप्य स्रोत राखी हामीले समाचार प्रकाशन गरिरहेका छौं ।

संविधानमा स्पष्ट उल्लेख छ, 'समाचारमा कसैले पनि अवरोध गराउनु हुन्न'
स्मरण रहोस् नेपालको संविधान २०७२ मा स्पष्टसँग पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनजस्ता सञ्चार गृह बन्द गर्ने, जफत गराउने वा त्यसमा अवरोध गराउने कुनै पनि खालका काम सूचनाको हक विरुद्ध हुने स्पष्टसँग उल्लेख छ । तर बैंकले संविधान विपरित काम गरेको जानकारी बैंकका एक उच्च अधिकारीले हामीलाई बैंकले अर्थ सरोकार नखुल्ने बनाएको स्क्रिनशट पठाएका थिए ।  कैलाश बिकाश बैंकका केहि कर्मचारीहरुले अर्थ सरोकार डटकम लगायत आफ्नाविरुद्ध समाचार लेख्ने अनलाइनहरु बैंकले बन्द गरिदिएकाले ती अनलाइनबाट आफुले पाउने सूचनासमेत नपाएको गुनासो पोखेका छन् । यता क्रान्तिकारी पत्रकार संगठन नेपालका काठमाडौँ जिल्ला अध्यक्ष कारण बडालले सञ्चार गृहमाथिको यस्तो हर्कत कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै आवश्यक परे बैंक विरुद्ध 'एक्सन' हुने समेत बताएका छन् ।

यसो भन्छन् अर्थ सरोकारका सम्पादक !
'जे भयो त्यो गलत पक्कै भएको हो । संविधानले दिएको अधिकार खोस्ने कामकेहि संविधानविरोधीहरुबाट भएको छ, त्यसको हामी खेद प्रकट गर्दछौं ।  तर यस्ता कुराले सत्यतथ्य समाचार पस्किने हाम्रो अभियानमा केहि असर गर्नेवाला छैन । हामी निरन्तर भ्रष्ट, दलाल, घुसखोरीहरुको अपरेशनमा थियौं, छौं । कैलाशको इन्टरनल सर्भरमा साइट बन्द भएपछी त्यहाँका कर्मचारीले डाटा चलाएर आफ्नो मोबाइलमा समेत समाचार हेरेका छन् । त्यसमाथि आफ्नो समाचार आएपछि सर्भरमा डोमेन ब्लक गर्नु भनेको आफ्नो गल्ती स्वीकार गर्नु हो । यस्ता कायरहरुका विरुद्ध हामी हाम्रो समाचार अपरेशन चलाईरहनेछौं ।' अनलाइनका सम्पादक सुरज प्याकुरेलले भने, 'हामी मुद्धा हाल्ने अन्तिम तयारीमा थियौं, तर सीइओले गल्ती सच्याएको जानकारी पठाएका छन् भने हामीसँग माफी पनि मागेका छन् । त्यहि भएर एकपटकलाई छोड्ने भन्ने सोचमा छौं । तर अन्त कतै जागिर नपाएपछि आफ्नै ससुरालीजस्तो सम्झेर ६२ वर्षको बुढेसकालमा जनताको बैंकमा काम गर्ने र जनताकै अधिकार खोस्नेहरु विरुद्ध हाम्रो मिडिया अभियान भने जारी छ ।'  

यो पनि पढ्नुहोस् :








प्रकाशित : Friday, June 08, 2018
,

recent

Popular Posts