कारोबार रोक्न लगानीकर्ताका संघले गरेको आग्रह ब्रोकरहरुले मानेनन्, यी ब्रोकरहरुबाट धमाधम हुँदैछ कारोबार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरुले संयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् । 

यहि आन्दोलनस्वरूप विहान लगानीकर्ताहरुले नेप्से घेराउ गरेका छन् भने लगानीकर्ता संघहरुले कसैलाई पनि कारोबार नगर्न आग्रह गरेका छन् । तर केहि ब्रोकर हाउसहरुले कारोबार ठप्प पारेका छन् । 

आन्दोलनका क्रममा लगानीकर्ताहरुले ब्रोकर नम्बर ४०, ३०, ३६, ४८, ४९ र २० नम्बर ब्रोकरले कारोबार गरिरहेका छन् । उनीहरुलाई नातिक दवाव दिने लगानीकर्ताका नेताहरुले बताएका छन् ।
प्रकाशित : Monday, June 04, 2018

recent

Popular Posts