×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लगानीकर्ता विभाजित हुँदा संघहरुको आह्वान विफल, कारोबार गर्नेहरु भन्छन्, ‘बरु कर तिर्छौं, कारोबार छोड्दैनौं’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पूँजीगत लाभकरमा गरिएको बृद्धि र हकप्रद तथा बोनस शेयर किनबेचमा लगाईएको अग्रिम कर बिरुद्ध लगानीकर्ताहरुलाई कारोबार नगर्न विभिन्न संघहरुले गरेको आग्रहलाई थुप्रै लगानीकर्ता तथा ब्रोकरहरुले अटेरी गरेका छन् । केही शेयर दलालहरुले कारोबार रोकेपनि कहिले रोकिएको छ भनेर पनि कारोबार गरे भने कतिले खुलेआम कारोबार गरेका छन् ।
यस्तैमा केहि ब्रोकरहरुले भने आफुहरु कुनै पनि हालतमा कारोबार नरोक्ने बताईरहेका छन् । ‘कुनै बेला हाम्रा साथीहरुलाई राजश्व कार्यालयले भ्याट तिर्न आउभन्दा हामीलाई तीनै अम्बिका पौडेलले अपराधि भने । आज तिनले गएको आन्दोलनलाई किन समर्थन गर्ने ? अम्बिका पौडेल नेतृत्वको कुनै पनि संस्थाले गरेको आह्वानलाई बहिस्कार गरिन्छ । कारोबार गर्ने हो हामी त ।’ एक ब्रोकर हाउसका संचालकले अर्थ सरोकार डटकमसँग भने ।
यता केहि लगानीकर्ताहरुले पनि रचनात्मक विरोध गर्नुपर्नेमा जोड दिएका छन् । ‘बेतुकको लडाई लडेर हुन्छ ? कर बढाएको सरकार र राजश्व विभागले हो । अनि नेप्से घेरेर हुन्छ ? यस्तो आन्दोलनमा हाम्रो समर्थन हुनै सक्दैन । ब्रोकर नम्बर २० मा भेटिएका एक लगानीकर्ताले अर्थ सरोकार डटकमसंग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: