×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं स्टिल र मङ्गलम सिमेन्ट गुणस्तरहीन रहेको पुष्टी, एनएस चिह्न खारेज गर्दै विक्री वितरणमा पूर्ण रुपमा रोक !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

काठमाडौं स्टिल र मङ्गलम सिमेन्ट गुणस्तरहीन रहेको पुष्टी, एनएस चिह्न खारेज गर्दै विक्री वितरणमा पूर्ण रुपमा रोक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँ स्टिल र मंगलम सिमेन्ट गुणस्तरहीन भएको पुष्टी भएको छ । आपूर्ति विभागको परिक्षणका क्रममा उक्त स्टिल र सिमेन्ट गुणस्तरहीन भएको पाइएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार तोकिएको गुणस्तरअनुसार उत्पादन नभएकोले उक्त सिमेन्ट र स्टिलको एनएस खारेज गरिएको हो । 
उनका अनुसार टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सय मात्रै भएकाले काठमाडौँ स्टिलको एनएस चिह्न तत्काल खारेज गरिएको हो । उनका अनुसार टेन्साइल कम हुँदा भारवहन क्षमता कमजोर हुन्छ । यस्तै मङ्गलम सिमेन्ट पनि गुणस्तरहिन भएको पाइएपछि उक्त सिमेन्टलाई पनि विक्री वितरणमा रोक लगाइएको छ । बजारमा बिक्रीकालागि पठाएको डण्डीको नमूना परीक्षण भइरहेको समेत जानकारी उनले अर्थ सरोकार डटकमलाई दिएका छन् ।
काठमाडौं स्टिलले नयाँ प्रविधिको प्रयोग गरी ‘रिडवार विथ कपलर सिस्टम’ उत्पादन गर्दै आएको दाबी गरेको थियो । गुणस्तरचिह्न  प्राप्त गरेपछि उक्त कम्पनीले कच्चा पदार्थ छनोटदेखि उत्पादनसम्ममा न्युजिल्याण्डको प्रविधि प्रयोग गरेको दाबी गरेको थियो । तर कम्पनीले उत्पादन गर्ने समान गुणस्तरहीन रहेको प्रमाणित भएको छ । यता मङ्गलम सिमेन्टले पनि आफुलाई निकै नै गुणस्तरीय सिमेन्ट भन्दै प्रचार गरिरहेको थियो । तर उक्त सिमेन्ट प्रयोगबाट भारबहन क्षमता नै नपुग्ने निश्चित भएपछी उक्त सिमेन्टको गुणस्तर चिन्हसमेत खारेज भएको  विभागले बताएको छ ।   
गुणस्तर तथा नापतौल विभागले विभिन्न चार उद्योगको नेपाल गुणस्तर (एनएस) चिह्न इजाजत खारेज गरेको हो । विभागका अनुसार गुणस्तर इजाजत खारेज गरिएकामा काठमाडौं स्टिल, जय मंगलम सिमेन्ट, जेबीएस इन्डस्ट्रिज र सूर्य एग्रो को रहेका छन् ।  अव यी सिमेन्ट र स्टिल विक्री वितरण गर्न पाइने छैन भने नयाँ गुणस्तरचिन्ह प्राप्त गर्नका लागि नयाँ प्रोसेस सुरु गर्नुपर्ने छ । बिगत लामो समयदेखि यी कम्पनीहरुबाट उत्पादित सामान प्रयोग भएका घरहरु पनि अव जोखिममा रहेको बुझ्न गाह्रो छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: