×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागे लगानीकर्ता : करको ‘करकर’ विरुद्ध कारोबार गर्न छोडेर नेप्से घेराउ गर्न पुगे लगानीकर्ता ! (फोटो फिचरसहित)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरुले संयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् ।
सेयर लगानीकर्ताका ३ संघको अगुवाईमा करिव साँढे १० बजेदेखि देखि भद्रकालीप्लाजास्थित नेपाल स्टक एक्सचेञ्जमा घेराउ सुरु भएको छ । उक्त कार्यक्रममा ठिकै संख्यामा लगानीकर्ताहरु सहभागी भएका छन् । उनीहरुले नोक्सानीमा कर तिर्नु कुन सिद्धान्त हो सरकार, बहुमतको सरकार, करैकरको उपहार लगायतका नारा अंकित प्लेकार्डसहित नेप्सेको प्राङ्गणमा प्रदर्शन गरिरहेका छन् । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: