×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करको ‘करकर’माथि सेयर लगानीकर्ता संघको आपत्ति ! कठोर आन्दोलनको लागि तयार हुन लगानीकर्तालाई आह्वान !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि सेयर लगानीकर्ता संघ नेपालले यसको कडा शब्दमा विरोध गरेको छ । संघले एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो विरोध गरेको हो। 
‘आन्तरीक राजस्व विभागद्धारा नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई २०७५÷०२÷१८ गते जारी गरिएको गोप्य पत्रमा आयकर ऐन २०५८ को परिच्छेद ८ अनुसार बोनस शेयर र हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी मिति २०७५÷०२÷२० गते देखिको कारोबारबाट अग्रिम कर असुल गर्नु गराउनु भन्ने आदेश प्रति यस शेयर लगानीकर्ता संघ नेपाल घोर आपत्ति व्यक्त गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।
साथै संघले लगानीकर्तालाई कठोर आन्दोलनको लागि पनि तयार रहन आह्वान गरेको छ । ‘आम लगानीकर्तालाई पटक पटक तर्साउने गरी ल्याइने कर प्रणालीको बिरुद्ध कठोर भन्दा कठोर आन्दोलनको लागि सम्पूर्ण लगानीकर्ताहरुलाई तयार रहन समेत यस संघ हार्दिक अपिल गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् पूरा बिज्ञप्ति !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: