×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एडु सरोकार : एलएलबीमा भर्नाका लागि लिइएको प्रवेश परीक्षा नाटक मात्रै, परिक्षा दिएका सबैले पढ्न पाउने सहमति

काठमाडौँ – कानुन शंकायमा ‘क्वालिटी’का विद्यार्थी पढेनन् भन्दै एलएलबी तह पढ्नका लागि लिइएको प्रवेश परीक्षा रद्ध भएको छ । दिने सबै विद्यार्थीले भर्ना हुन पाउने भएका छन् । विद्यार्थी संगठनको दबाब डीन कार्यालयले थेग्न नसक्दा यस अगाडि प्रवेश परीक्षामार्फत ८ सय विद्यार्थी पढ्न पाउने निर्णयलाई उल्टाउँदै बिहीबार सबैले पढ्न पाउने गरी नयाँ सहमति भएको हो । 
बिहीबार भएको सहमति अनुसार असार २१ गतेदेखि भर्ना खुल्नेछ । सहमति अनुसार प्रवेश परीक्षामा सहभागी हुने र नहुने सबैले भर्ना हुन पाउनेछन् ।
गत जेठ १९ गते भएको प्रवेश परीक्षामा झण्डै ७ हजार विद्यार्थी सहभागी भएका थिए । बिहीबार नेपाल ल को डीन कार्यालय र विभिन्न विद्यार्थी संगठनबीच भएको समझदारी अनुसार पढ्न चाहने विद्यार्थीलाई प्रशासनले भर्ना लिने सहमति भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: