×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्याकेन्सीमा चरम लापरवाही गरेपछि बदनाम भएको ‘आस्कमी’ ले ल्यायो यस्तो प्रोडक्ट ! भित्र-भित्रैचाहीं अर्कै धन्दा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समयअघि ग्लोबल आइएमइ बैंकले विभिन्न पदका लागि भ्याकेन्सी निकाल्दा विवादित बनेको ‘आस्कमी मेनेजमेन्ट’ले यसअघि नै बजारमा फ्लप भइसकेको प्रोडक्ट बजारमा ल्याएको छ ।  सबैभन्दा सस्तो कर्जा कहाँबाट पाइन्छ र सबैभन्दा बढी ब्याज कहाँ पाइन्छ भनेर थाहा पाइने गरी उक्त कम्पनीले ल्याएको ‘लोनप्लस डिपोजिट डटकम’ नामक प्रोडक्टमा यस अघि नै फ्लप भएको विसेषता समावेश गरिएको छ । यस अघि नै एक सञ्चारगृहले यहि प्रोडक्ट बजारमा ल्याएको थियो । तर जनताले प्रयोग नगर्दा उक्त प्रोडक्ट ‘सुपर-फ्लप’ भएको थियो ।   
हेर्दा एउटा काम, भित्री रुपमा अर्कै धन्दा ?
कम्पनीले लोन एण्ड डिपोजिट डट कम नामक प्रोडक्ट बजारमा ल्याएको छ । यसमा गयेर ग्राहकले कसको ब्याज कति सस्तो वा कसको ब्याज कति महँगो भन्ने तुलना गर्न सक्छन् । तर त्यसका लागि कम्पनीले फोन नम्बरसहितको विवरण माग्ने गरेको छ । जुन अन्तराष्ट्रिय रुपमा पनि गैरकानुनी मानिन्छ । कम्पनीले बाहिर बाहिर लोन र डिपोजिटको तुलना गर्ने भन्दै देखावटी काम गरिरहेको भएपनि भित्रभित्रै ग्राहकका फोन नम्बरको व्यापार गरिरहेको कम्पनीकै कर्मचारीहरु बताउँछन् । यसरी अरुको फोन नम्बर लिने र त्यसलाई व्यावसायिक रुपमा प्रयोग गर्ने गरी कम्पनी अगाडी बढीरहेको उनीहरुको आरोप छ । यसअघि पनि तत्कालीन एसएलसीको नतिजामा विद्यार्थीहरुको फोन नम्बर मागिएको भन्दै त्यसको चर्को विरोध भएको थियो । यतिसम्मकि कम्पनीले हामी तपाईंको डाटा अरुलाई दिन्छौं भन्नेसम्मको जानकारी समेत राखेको छ । तर आफ्नो टर्म्स एण्ड कन्डिसनमा उक्त कुरा राखिएपनि त्यसलाई हेर्ने फुर्सद कमैमा हुन्छ । यसरी हेर्दा कानुनीनै देखिने गरी कम्पनीले फोन नम्बरको व्यापार गर्ने आइडीया निकालेको छ ।   
यसअघि नै फ्लप प्रोडक्ट होला त सफल ?
यस्तो सुविधा यसअघि नै एउटा अनलाइनले ल्याईसकेको थियो भने खास प्रयोगमा कसैले पनि नल्याएपछि उक्त प्रोडक्ट फ्लप भएको थियो । पछिल्लो समय आस्कमी नामक कम्पनीले यस्तो प्रोडक्ट ल्याएको छ । आउटसोर्स गर्दासमेत गलत सूचना पत्रिकामा छापेर बदनाम भएको कमपनीले ल्याएको यस्तो प्रोडक्ट कतिको सफल हुनेछ, त्यो भने हेर्न बाँकी नै छ ।  यतिमात्र होइन कम्पनीले भित्रभित्रै अर्को खेल पनि खेल्न खोजेको छ । मानौं तपाईंले ५ करोड रुपैयाँ बैंकमा राख्न खोज्नुभएको छ । यो जानकारी तपाईंले उक्त वेव साइटमा भर्नुहुन्छ । तपाईंले कम्पेयर गर्नका लागि भरिएको उक्त डाटा हेरी कम्पनी र अरु कुनै बैंकको मिलेमतोमा डिपोजिट आदानप्रदान गर्ने काम पनि हुन सक्ने संकेत देखिएको छ । ग्राहकका लागि यो फाइदा नै भएपनि समग्र बजारमा यो गलत ट्रेन्ड हो । अहिले पनि कतिपय यस्ता डिपोजिट दलालहरु बजारमा सक्रिय छन् । त्यहि दलाली अव यो वेवसाइटमार्फत पनि हुने प्रष्ट देखिन्छ ।  कम्पनीलेका कर्मचारीले दिएको जानकारी अनुसार क्लाइन्टले साइटमा गएर बैंकहरुको वारेमा भिजिट गरेको जानकारी सम्वन्धित बैंकलार्इ उपलव्ध गराइने भनिएको छ । तर यसमा एउटा बैंकको भिजिटरको जानकारी अर्को बैंकमा दिइने सम्भावना पनि छ । यहाँ उक्त वेवसाइटमा जसले महँगो प्रचार सामाग्री हाल्छ, भित्र भित्रै उसैकोको प्रमोसनको खेल हुने कर्मचारीहरुको दावी छ ।
यसअघि आस्कमी कै कारण भएको थियो ग्लोबल आइएमइ बैंकमा यस्तो लफडा !
ग्लोबल आइएमइ बैंकले कर्मचारीहरुको आवश्यकता भन्दै एउटा सूचना निकाल्यो । तर भ्याकेन्सी सार्वजनिक हुने बित्तिकै बैंकका एच आर प्रमुख भवानी ढकालले ठुलो अपजस भोग्नु पर्यो । कारण थियो, ‘मेनेजमेन्ट ट्रेनीमा सिए मागिएको’ प्रकरण । सिएहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्षले तुरुन्त बैंकका एचआर प्रमुखलाई फोन गरी स्पष्टीकरण मागे । सिए जस्तो सम्मानित पेशालाई ‘मेनेजमेन्ट ट्रेनी’मा भ्याकेन्सी किन खुलाएको भन्दै उनलाई स्पष्टीकरण समेत मागियो । नभन्दै बैंकले माफी पनि माग्यो । आफ्नो भ्याकेन्सीमा गम्भीर त्रुटी भएको बताउंदै आफुहरु माफीपत्र जारी गर्न तयार भएको र आउँदा दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता बैंकले जनायो ।
कम्पनीले पनि दिएन चित्तबुझ्दो जवाफ 
हामीले यसबारेमा बुझ्न आस्कमी नामक उक्त कम्पनीमा फोन गरेका थियौं । तर यस विषयमा बुझ्ने आधिकारिक व्यक्ति भएको बताउने रोहण श्रेष्ठ नाम गरेका व्यक्तिले यसबारे चित्तबुझ्दो जवाफ दिन सकेनन् । हामीले कुनै ग्राहकले एउटा बैंकका लागि गरेको आवेदन वा इन्क्वाइरीको डाटा अर्को बैंकमा जाँदैन र त्यहाँ बीचमा बदमासी हुँदैन भन्ने कसरी ग्यारेन्टी भयो र ?’ भन्ने प्रश्न गर्दा उनले भने, ‘त्यस्तो हुँदैन, डाटा हामीसँगै हुन्छ, त्यहि अनुसार हुन्छ ।’   उनले पनि चित्तबुझ्दो जवाफ नदिएपछि कतै यो अनलाइनका नाममा डिपोजिटरसँगको दलाली गर्ने बाध्यम त होइन ? भन्ने प्रश्न एकातर्फ उठेको छ भने अर्कोतर्फ कम्पनीले यस विषयमा स्पष्ट पार्न नसक्दा भित्रभित्रै अर्कै धन्दा भएको आशंकालाई थप बढावा दिएको छ । यस विषयमा कम्पनीकि सञ्चालक अर्चना कुँवरसंग भने सम्पर्क हुन सकेन । 
यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: