×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घोटाला प्रकरणले विवादको चरम उत्कर्षमा पुगेको लुम्बिनी बिकास बैंकको सीइओमा नरेश सिंह बोहरा नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- राष्ट्र बैंकको इन्सपेक्सनका क्रममा व्यापक घोटाला भएको देखापरेपछि चरम विवादमा आएको बैंक लुम्बिनी बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । यसअघि घोटाला प्रकरणमा फस्ने लगभग पक्का भएपछी व्यक्तिगत कारण देखाउँदै तत्कालीन सीइओ झलक प्रसाद खनालले पदबाट राजीनामा दिएका थिए । खनालको राजीनामापछि नायव सीइओ उमेश रेग्मीले कायम मुकायम सीइओ भएर काम गर्दै आएका थिए । उनलाई नै सीइओ बनाउने चर्चा चलेपनि उनको सक्षमता त्यतिसम्म नभएको भन्दै संचालक समितिले अन्य बैंकमा डेपुटी सीइओ खाएर बसेका बोहोरालाई बैंकमा सीइओको रुपमा नियुक्त गरेको हो ।
यद्यपी बोहोरा पनि विवादमुक्त व्यक्ति भने होइनन् । देव बिकास बैंकमा डेपुटी सीइओ रहंदा साधारण सभा समयमा सम्पन्न नहुनु उनको कमजोरीका रुपमा लिइएको थियो । गत कार्तिक २३ गते देखि २९ गतेसम्मका लागि बुक क्लोज गरेको देवः विकास बैंकको समयमा नै साधारणसभा नगरेर केन्द्रीय बैंकको आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने नियमको समेत धज्जी उदाएको प्रकरणमा बैंकका संचालक तथा सीइओले पनि डेपुटी सीइओले काम नै नगरेको आरोप लगाएका थिए ।
पछिल्लो समय देव बिकास बैंकका सीइओ बिजय बहादुर श्रेष्ठसँगको सम्बन्ध बिग्रिएको चर्चा चलेका उनी सोहि कारण लुम्बिनी बिकास बैंकमा आएका चर्चा चलेको छ । घोटाला प्रकरणमा फस्ने भएपछी केहि दिनअघिमात्र लुम्बिनीको सञ्चालक समितिका तत्कालीन अध्यक्षले समेत राजीनामा दिएका थिए । त्यसपछि बैंकको सञ्चालक समिति अध्यक्षको पदमा हाल अशोक राज पाण्डे रहेका छन् । 
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: