×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बढ्दैछ बैंकहरुबीच प्रतिष्पर्धा, माछापुछ्रेले पनि ल्यायो १२.५ प्रतिशत ब्याजको ‘स्किम’

काठमाडौं – माछापुछ्रे बैंकले पनि व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले  ९ महिनादेखि २ वर्ष अवधिको मुद्दति निक्षेपमा १२% ब्याजदर दिने भएको छ । यसैगरी, २ वर्ष भन्दा बढी अवधिको लागि ११% र ९ महिनासम्म ११.५०% ब्याजदर दिने जनाएको छ । यो ब्याजदर बिहीबारदेखि नै लागू भएको छ ।
यस अघि एनआइसी एसिया, सिभल, प्राइम र सेन्चुरी बैंकले पनि ब्याजदर बढाएर १२% भन्दा माथि पुर्याइसकेका छन् । गत आइतबार बैंकर्स संघले मुद्दति निक्षेप र बचतमा तोकिएको ब्याजदरको सीमा खारेज गरेको थियो । त्यसपछि ब्याजदर बढाउन बैंकहरुको प्रतिस्पर्धा नै चलेको छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: