×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्रीमा ‘मनपरी’-२ : अधिकांस सञ्चालक नियम टेर्दैनन्, शैक्षिक योग्यता र अनुभवमा पनि गम्भीर प्रश्न ! (प्रमाणसहित)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – हामी मञ्जुश्री फाइनान्सका एक एक कर्तुतहरु सार्वजनिक गरिरहेका छौं । यसअघि नवराज थापा सीइओ भएर घोटाला प्रकरणमा परेको उक्त फाइनान्स बिगत लामो समयदेखि नै विवादमा छ ।  यसअघिको अंकमा हामीले मञ्जुश्री फाइनान्समा कम्पनीका सीइओ, डेपुटी सीइओ र क्रेडिट हेडले मनोमानी गरिरहेको खुलासा गरेका थियौं । नियामकले गरेको ‘इन्सपेक्सन’का क्रममा कम्पनीभित्र उच्च तहका कर्मचारीहरुले मनपरी गरेको खुलासा भएको थियो । अर्थ सरोकार डटकमले गोप्य स्रोतबाट पाएको ‘इन्सपेक्सन रिपोर्ट’ मा कम्पनीका सीइओ सन्तोष निरौला, डेपुटी सीइओ नारायण सुवेदी, र क्रेडिट हेड बिकास राज शाक्यले मनोमानी गरेको पाइएको खबर यसअघि हामीले प्रकाशन गरेका थियौं । आज हामी कम्पनीका संचालकले समेत नियम अनुसार काम नगरेको प्रमाण लिएर आएका छौं ।
सञ्चालकले नै नियामकको नियम टेर्दैनन् !
माथिको तस्विरमा हेर्नुहोस् । इन्सपेक्सनका क्रममा फाइनान्स कम्पनीका संचालकमाथि कैफियत देखाइएको छ। जसमा संचालकहरु सुमन अधिकारी, चिन्तामणि गौतम, रविन राज देवकोटा र इन्दिरा पण्डितले नियम अनुसार कर चुक्ता प्रमाणपत्र र कर्जा सूचना केन्द्रबाट लिनुपर्ने साख सूचना नलिएको उल्लेख गरिएको छ । साथै संचालक समितिका सदस्यमध्येका एक शिव प्रसाद शर्माको त शैक्षिक योग्यताको प्रमाणपत्र समेत हुनुपर्ने फाइलमा संलग्न नरहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।  साथै शर्माको बिगतको अनुभवसमेत फाइलमा संलग्न नरहेको पाइएको छ । शर्माले स्वास्थ्य परिक्षण सम्बन्धि कागजातसमेत फाइलमा संग्लग्न नगराएको पाइएको छ । यसले संचालक समितिका सदस्यको योग्यता माथि पनि प्रश्न उठेको छ भने स्वास्थ्य परिक्षणका क्रममा विना प्रमाण दावी देखाएको समेत संकेत गरेको छ । यति मात्र होइन संचालक समितिको सदस्य हुन निश्चित अनुभव चाहिन्छ । बैंक तथा वित्तीय संस्था ऐनमा उक्त व्यवस्था स्पष्टसँग उल्लेख गरिएको छ । यसरी अनुभवका प्रमाणसमेत सञ्चालक समितिका सदस्यले फाइलमा संलग्न नगराएको पाइएपछि कम्पनीभित्र रहेका संचालक कतै अयोग्य त छैनन् भन्ने प्रश्न पनि उठेको छ ।       
१५ पटक कल गर्यौं, ३  पटक एसएमएस गर्यौं तर सम्पर्कमा आएनन् निरौला !
कम्पनीका सीइओ सन्तोष निरौलाले यतिसम्म दादागिरि देखाईरहेका छन् कि, उनले आफ्नो कर्तुत लुकाउन सञ्चारकर्मीको फोन समेत उठाउन छोडेका छन् । अर्थ सरोकार डटकमले गोप्य रुपमा पाएको कागजातमा उल्लेख भएका कुराहरुबारे बुझ्न हामीले पटक पटक उनलाई सम्पर्क गर्यौं । सम्भवत : २ बर्षको इतिहासमै समाचार बनाउँदा हामीले समाचारको पात्रसँग यति धेरै पटक फोन गरेका थियौं । तर १४ पटक कल गर्दा र २ पटक एसएमएस गर्दा समेत न उनी सम्पर्कमा आउन चाहे, न उनले कल ब्याक नै गरे । यस अघि पनि अर्थ सरोकार डटकमले उनका कर्तुतहरुबारे समाचार प्रकाशित गरेको थियो । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा समेत उजुरी परिसकेको छ । पहिल्लो समाचार बनाउँदा उनलाई पुन हामीले फोन गर्यौं । एसएमएस पनि गर्यौं । तर उनी सम्पर्कमा आउने चाहेनन् ।  
साथै हामीले पाएको गोप्य कागजातमा कम्पनीले विभिन्न भौचरमा गरेका बदमासी र संचालकहरुको हकमा समेत देखिएका कैफियतहरु उल्लेख छ । साथै उक्त रिपोर्टमा विभिन्न कर्जाका फाइलहरुमा गरिएका बदमासीसमेत उल्लेख छन् । हामी आगामी अंकमा एक-एक गरी सो तथ्य प्रस्तुत गर्दैछौं । मञ्जुश्री फाइनान्ससँग सम्बन्धित उक्त गोप्य रिपोर्ट अर्थ सरोकार डटकमसँग सुरक्षित छ । आउँदो अंकमा हामी एक कम्पनीलाई फाइनान्सले कर्जा चुक्ता नै नगरी ऋण फुकुवा गराएको एक्सक्लुसिभ समाचार लिएर उपस्थित हुनेछौं । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
यो पनि पढ्नुहोस् 

  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: