×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्रीमा ‘मनपरी’- ५ : पीआर कन्स्ट्रक्सनको बिग्रिएको लोनको फाइल नै गायब, बुढानीलकण्ठको ‘प्रोपर्टी’मा यस्तो उपध्रो

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कर्जा चुक्ता नै नगरी धितो बन्धक फुकुवा भएको गोप्य कुरा सार्वजनिक भएपछी मञ्जुश्री फाइनान्समा पीआर कन्स्ट्रक्सनको फाइल गायब भएको छ । मञ्जुश्री फाइनान्समा सम्पत्ति धीतो राखेर झन्डै ६९ लाख रुपैयाँ कर्जा लिइएकोमा कम्पनीका कर्मचारीको मिलेमतोमा कर्जा नै चुक्ता नगरी धीतो बन्धक फुकुवा भएपछि आफु फस्ने डरले त्यहाँका कर्मचारी मिलेर उक्त फाइलको सक्कल कपि नै गायब गरिदिएका छन् । यद्यपी फाइलको नक्कल कपि भने संस्थासँग रहेको बुझिएको छ । 
न्यूरोड ब्रान्चमा रहेका मनोज गौतम, जो अहिले हेडअफिसमै कार्यरत छन्, उनको फोनका भरमा नारायणघाटका ब्रान्च मेनेजर अभय मुडभरीको निर्देशनमा कर्जा चुक्ता नै नगरी फाइनान्सले सम्पत्ति फुकुवा गरेको थियो । गौतमले उनले पैसा तिरिसकेको भन्दै नारायणघाटमा रहेका अभय मुडभरीलाई सम्पत्ति फुकुवा गर्न आदेश दिएका थिए । यसका लागि उनलेसमेत मोटो रकमको चलखेल गरेको आरोप संस्थाभित्रैबाट लागेको छ । कतिपयले त अर्को संस्थाबाट कर्जा निकाल्न कम्पनीले सेटिङमै उक्त काम गौतमले रकमको चलखेल गरी उक्त काम गरेको आरोप पनि उनी निकटका कर्मचारीहरुले लगाएका छन् । यस विषयमा नीज गौतम र मुडभरीलाई थप कारवाही गर्नसमेत राष्ट्र बैंकमा लविङसमेत भइरहेको बुझिएको छ । यद्यपी अदालतमै मुद्धा परेकाले यो केसलाई तत्काल राष्ट्र बैंकले अगाडी नबढाएको बुझिएको छ । 
अचम्मको कुरा त के छ भने उक्त धीतो बन्धक फुकुवा गर्दा सीइओको अप्रुभलसमेत लिइएको छैन । पैसाको लोभमा यस्तो काम हुने गरेको आरोप त्यहाँ काम गर्ने कर्मचारीहरुकै छ । यसअघि पनि करोडौंको घोटाला गरेर कम्पनीका पूर्व सीइओ नवराज थापा फरार छन् । उनी पक्राउ परेका छन् भन्ने चर्चा चलेको भएपनि सीआइबीले भने यस विषयमा अनुसन्धान भइरहेकाले केहि पनि बोल्न नमिल्ने बताईरहेको छ ।
बुढानीलकण्ठको प्रोपर्टीमा पनि यस्तो उपध्रो !
धीतो बन्धक त कर्जा नतिरी फुकुवा गर्नेले कर्जाको विषयमा अरु के के सम्म बदमासी गर्न सक्छ भन्ने कुरा सोच्न सकिने कुरा हो । यस्तै मञ्जुश्री फाइनान्समा अर्को काण्ड पनि भएको खुलासा भएको छ । बुढानीलकण्ठमा रहेको सम्पत्ति धीतोमा राख्दा कम्पनीले ओभर भ्यालुएसनसमेत गरिदिएको छ । सीइओ निरौलाको चिनेजानेको भरमा र कम्पनीमा नारायाण सुवेदीको निर्देशनमा हेमलता पाठकको नाममा लिइएको कर्जामा ओभरभ्यालुएसन गरेको भन्दै संस्थाकै कर्मचारीले गोप्य रुपमा राष्ट्र बैंक गुहारीसकेको समेत स्रोतको दावी छ । बुढानीलकण्ठमा सरकारी रेट र चलेको रेटलाई फर्मुलामा राखेर निकालीने स्वाभाविक भ्यालुएसनभन्दा बढी भ्यालु बनाएर फाइनान्स कम्पनीले मनपरी गरेको समेत स्रोतको दावी छ । 
‘कसैलाई भएको भ्यालुएसन पनि सकेसम्म घटाउने गरिन्छ, कसैलाई हुँदै नभएको भ्यालुएसन गरिन्छ । यसले ऋण तिर्छ भन्ने पक्का छ भन्दैमा नियम नै मिचेर भ्यालुएसन गर्न कुन कानुनले दिन्छ ?’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै फाइनान्सका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । साथै उनले बुढानीलकण्ठको भित्री ठाउँमा पनि ४० लाखसम्मको भ्यालुएसन गरेको र सीइओ र डेपुटी सीइओको यस्तो रबैया विरुद्ध कर्मचारीहरुले गोप्य रुपमा राष्ट्र बैंक गुहार्न थालिसकेको समेत जानकारी गराएका छन् । 
सीइओ सन्तोष निरौलाको व्यवहार नै शंकास्पद !
यता पछिल्लो समय कम्पनीका सीइओ सन्तोष निरौलाको व्यवहारपनि शंकास्पद देखिन थालेको छ । आफ्ना र आफु सीइओ भएको कम्पनीका एक एक कर्तुतहरु बाहिरिन थालेपछि उनले पत्रकारको फोन नै उठाउन छाडेका छन् । हामीले मञ्जुश्रीको यो र अन्य केहि घटनाबारे उनको भनाइ राखेर समाचारलाई सन्तुलन गर्न खोजेका थियौं । तर उनले हामीले १४ पटक फोन गर्दा पनि फोन उठाएनन् भने हाम्रो एसएमएस पनि रिप्लाई गरेनन् । यसले उनी गलत छन् र आफु समाचारबाट भाग्न खोजीरहेको प्रष्ट हुन्छ । अझ उक्त कम्पनीका प्रमोटरसमेत रहेका उनी संस्थालाई अरुकसैको जिम्मा लगाएर आफु नवराज थापाजस्तै भाग्न खोजीरहेको र उक्त प्रक्रियामै उनी व्यस्त भएको चर्चा समेत चल्न थालेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: