×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘अर्थमन्त्री खतिवडाले पुँजीबजार नै बुझेका छैनन्, त्यहि भएर मनलाग्दी गरिरहेका छन्, पूँजीबाजार डुबाउने भए’

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय वित्तशास्त्रका प्रा. डा. मनोहरकृष्ण श्रेष्ठले अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजार नै नबुझेको आरोप लगाएका छन् । उनले खतिवडालाई पूँजी बजारका बारेमा केहि पनि थाहा नभएको व्यक्ति
का रुपमा टिप्पणी गर्दै भने, ‘अर्थमन्त्री अलि बुझेको मान्छे भए सबैको भलो हुन्थ्यो । खतिवडाले त फाइनान्स नै बुझेका छैनन् । त्यहि भएर अहिले यस्तो समस्या आएको छ । उनी मनलाग्दी गरिरहेका छन् ।’ पूँजीगत लाभकारबारे समेत टिप्पणी गर्दै उनले भने, ‘ यस्तो पनि नियम हुन्छ ? यो नियम हटेन भने वा निर्णय फिर्ता भएन भने पूँजी बजार धरासायी हुन्छ । यसले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव पार्छ ।’
उनका अनुसार यो निर्णय फिर्ता भएन भने नेपालको अर्थतन्त्रलाई नै यसले प्रतिकुल असर गर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: