×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति बिकास बैंकका सीइओको एसएलसी अनुभव : ‘कृषि बिषयले झन्डै माया मारेको, धन्न फर्ष्ट ब्वाइको नाक जोगियो’

  • मनोज ज्ञवाली / सीइओ, ज्योति बिकास बैंक 
बि. स. २०४८ सालमा मैले एसएलसी दिएको हो । बिजया माध्यमिक विद्यालय दैलेखमा त्यतिबेला म क्लास फर्स्ट थिएँ । क्लास फर्स्ट हुनेलेचाहिं फर्स्ट डिभिजनमा एसएलसी पास गर्छ भन्ने धेरैको अपेक्षा थियो । तर मेरो फर्स्ट डिभिजन भने आउन सकेन । ५१ प्रतिशत ल्याएर एसएलसी पास गरें । त्यो बेला एसएलसी पास हुनुभनेको निकै ठुलो कुरा हुन्थ्यो । वरपरका गाउँका कतिपय स्कुलको नतिजा ‘निल’ नै हुन्थ्यो । केहिले मात्र एसएलसी पास गर्थे । फर्स्ट डिभिजन भनेको त निकै ठूलो कुरा हुन्थ्यो । सेकेन्ड डिभिजन त के, थर्ड डिभिजनमै पनि पास भए खुसी हुन्थे सबैजना । तर क्लास फर्स्ट भएको विद्यार्थीलेचाहिं फर्ष्ट डिभिजन ल्याईदिए हुन्थ्यो वा ल्याउँछ भन्ने सबैको अपेक्षा हुन्थ्यो, मेरो हकमा पनि त्यस्तै थियो । तर म त्यो बेला पनि खुसी थिएँ, अहिले पनि खुसी छु ।

म्याथ, साइन्स पढाउने शिक्षक नभएर स्कुलका सरहरु जनकपुरसम्म शिक्षक खोज्न जानुहुन्थ्यो । त्यहाँ भारतमा आइएस्सी वा बिएस्सी पढेकाहरु हामीलाई पढाउन आउनुहुन्थ्यो । हामी सोहि अनुसार उहाँहरुको नाम रख्थ्यों । आइएस्सी पास गरेको सरको नाम ‘आइएस्सी सर’ हुन्थ्यो । बीएस्सी पास गरेको सरको नाम ‘बीएस्सी सर’ ।


क्लासको सधैंको फस्ट ब्वाई, कलिलो उमेरको पढाइ र २०४८ सालको एसएलसी 
एसएलसी दिँदा १४ बर्षको मात्र थिएँ । १४ बर्षको उमेर, त्यसमाथि भर्खर राजनीतिमा प्रवेश गरेको थिएँ । भर्खर प्रजातन्त्र आएको थियो देशमा, वातावरण नै रमाइलो थियो । हुन त त्यो बेला कति नै राजनीति बुझियो होला र ! तर पनि लागियो राजनीतिमा । त्यतिबेला नेविसंघको इकाई कमिटिमा थिएँ । कलिलो उमेर, खरो राजनीति, त्यसमाथि भर्खर कोर्षको मोडल परिवर्तन भएको थियो । गाउँको पढाइको त के कुरा गर्नु र, शिक्षक नपाएर हैरान हुन्थ्यो । म्याथ, साइन्स पढाउने शिक्षक नभएर स्कुलका सरहरु जनकपुरसम्म शिक्षक खोज्न जानुहुन्थ्यो । त्यहाँ भारतमा आइएस्सी वा बिएस्सी पढेकाहरु हामीलाई पढाउन आउनुहुन्थ्यो । हामी सोहि अनुसार उहाँहरुको नाम रख्थ्यों । आइएस्सी पास गरेको सरको नाम ‘आइएस्सी सर’ हुन्थ्यो । बीएस्सी पास गरेको सरको नाम ‘बीएस्सी सर’ । म पढाइमा मात्र होइन राजनीतिमा पनि खरो थिएँ । यसै पनि मेरो बुबा पनि राजनीतिमा लाग्नुभएकोले म फुच्चे नै भएपनि सानो तिनो नेता हुने नै भएँ । एसएलसीका बेला खुब पढ्नुपर्छ भन्ने सबैलाई थियो, तर त्यस्तो गरिएन । राजनीति पनि छोडीएन, गोठालो जान पनि छोडीएन ।

‘अप्सनल म्याथमा झन्डै मात्र पास भएँ, कृषि बिषयमा झन्डै फेल भएको थिएँ ‘
फर्स्ट ब्वाई भएकाले उक्साहटमै अप्सनल म्याथ पढियो । त्यतिबेला गाउँमा अप्सनल म्याथ पढ्नुको छुट्टै सान हुन्थ्यो । तर शिक्षक नै पाइएन । एउटा सर आएर केहि समय पढाउनुभयो । त्यसपछी आफैं पढियो । धन्न पास भइएछ । अप्सनल म्याथमा ३६ आयो । त्यतिबेला पनि ३२ पास मार्क्स थियो । कृषि विषयमा प्राक्टिकलमा २५ अंक हुन्थ्यो । स्कुलले २५ नै हालेर पठाईदियो । तर थेउरीमा झन्डै गुल्टिएको । पास हुनलाई २४ आउनु पर्ने, धन्न २६ आएछ । नत्र त बेइज्जत नै हुने रहेछ । अरु विषयमा म राम्रो थिएँ । त्यो बेला पनि म्याथमा ७० भन्दा बढी नम्बर छ । साइन्समा पनि ६० को लाइनमा नम्बर छ । अरु विषयमा पनि ठिकै नम्बर छ । अहिले सम्झंदा लाग्छ, त्यो बेला पनि नम्बरचाहिं ल्याएकै हो । पढाइको कुनै क्वालिटी नै थिएन । जिनतिन पढियो । र पनि पास भइयो । अहिलेको समय हेर्दा लाग्छ, अहिलेका बच्चाहरुले निकै राम्रो वातावरण पाएका छन्, पढ्नका लागि ।

कृषि विषयमा प्राक्टिकलमा २५ अंक हुन्थ्यो । स्कुलले २५ नै हालेर पठाईदियो । तर थेउरीमा झन्डै गुल्टिएको । पास हुनलाई २४ आउनु पर्ने, धन्न २६ आएछ । नत्र त बेइज्जत नै हुने रहेछ ।




गोठालो जाँदा थाहा पाएको रिजल्ट 
नतिजा आएको दिन म गोठालो गएको थिएँ । रिजल्ट आयो रे भन्ने सुनियो । अहिलेको जस्तो इन्टरनेटमा हेर्ने चलन थिएन । ३ गाउँमा बल्ल एउटा फोन हुन्थ्यो । काठमाडौँमा एक जनालाई रिजल्ट हेर्न लगाइयो । सेकेन्ड डिभिजन आएछ । त्यतिबेला १६७ जनाले एसएलसी दिएका थियौं । हामी जम्मा १२ जना पास भएछौं । ६ जनाको थर्ड डिभिजन आएछ । हामी ६ जनाको सेकेन्ड डिभिजन । फर्स्ट डिभिजन नआएपनि म एसएलसीमा पनि स्कुल टप भएँ । ५१ प्रतिशत नतिजा पनि त्यो बेला चानचुन थिएन । नतिजा आएपछी खुसी नहुने कुरै भएन । गाउँ-गाउँ चर्चा थियो फलानो पास भयो रे भनेर । संसार नै जितेजस्तो लाग्ने । यसै पनि सानैमा नेता भएको मान्छे, एसएलसी पास गर्दा त ठुलै भइएछ कि जस्तो पनि लाग्यो । सबैले डाक्टर बन्नुपर्छ भन्थे । लहैलहैमा लागेर काठमाडौँमा आएर साइन्स पढ्ने निर्णय गरियो । एसएलसीको नतिजा आउँदा सबै खुसी भए ।

फर्स्ट डिभिजन नआएपनि म एसएलसीमा पनि स्कुल टप भएँ । ५१ प्रतिशत नतिजा पनि त्यो बेला चानचुन थिएन । नतिजा आएपछी खुसी नहुने कुरै भएन । गाउँ-गाउँ चर्चा थियो फलानो पास भयो रे भनेर । संसार नै जितेजस्तो लाग्ने । यसै पनि सानैमा नेता भएको मान्छे, एसएलसी पास गर्दा त ठुलै भइएछ कि जस्तो पनि लाग्यो ।

‘डाक्टर बन्ने भनेर साइन्स पढियो, तर ३ महिनामै छोडेर कमर्शमा भर्ना भएँ’
म एसएलसी सकेर काठमाडौँमा आएँ । साइन्स पढ्छु भनेर भर्ना पनि भएँ । साउनदेखि दशैंसम्म साइन्स पढियो पनि । सबैले डाक्टर बन्नुपर्छ भन्थे । त्यहि भएर साइन्स पढेको थिएँ । एक दिन फुपूको छोराले साइन्स पढेर केहि हुन्न, डाक्टर बन्न थोरैमात्र कोटा छ, सकिंदैन भन्नुभयो । १४ बर्षको फुच्चे, के बुझ्नु । जसो जसो ठुलाले भने त्यसै गर्ने न हो । त्यसपछी पिपल्स क्याम्पसमा गएर कमर्श पढ्न थालें । आइकम सकिएपछी बिबिए पढें । त्यो बेला बिबिए पढ्नु पनि सानको कुरा थियो । ब्याचलर सकिएपछी गाउँ फर्किएँ । सरकारी माष्टर भएँ । पछी सिए पढ्न भारत गएँ । पास भएर फर्किएपछी नेपाल राष्ट्र बैंकको जागिर खाएँ । तर त्यो बेला एसएलसी पास नगरेकाहरु पनि अहिले राम्रो स्थानमा छन् । त्यतिबेला कम्पार्डमा पास गरेकाहरु अहिले सीडीओसम्म बनेका छन् । त्यो बेला थर्ड डिभिजनमा पास गरेकाहरु पछी कलेज टपर पनि भए । खासमा हाम्रो स्कुलको पढाइको क्वालिटी नभएको हो, विद्यार्थीचाहिं हामी पढ्ने खालकै थियौं ।

साइन्स पढ्छु भनेर भर्ना पनि भएँ । साउनदेखि दशैंसम्म साइन्स पढियो पनि । सबैले डाक्टर बन्नुपर्छ भन्थे । त्यहि भएर साइन्स पढेको थिएँ । एक दिन फुपूको छोराले साइन्स पढेर केहि हुन्न, डाक्टर बन्न थोरैमात्र कोटा छ, सकिंदैन भन्नुभयो ।

अवका विद्यार्थीलाई सुझाव !
पढ्ने भनेको कसैको करले होइन, आफ्नो भविष्यका लागि हो । धेरै नम्बर आएपछि साइन्स पढ्नुपर्छ, अलिकति कम आए म्यानेजमेन्ट पढ्नुपर्छ अनि कम नम्बर आए आर्ट्स पढ्नुपर्छ भन्ने कुरा गलत हो । आफु के बन्न चाहान्छु भन्ने कुरा बुझ्नुपर्छ । सोहि अनुसार विषय छान्नुपर्छ । अभिभावकले पनि ‘यो पढ र त्यो पढ’ भनेर कर लगाउनु हुन्न । तर बुझेर पढ्नुपर्छ । बुझेर पढाइनुपर्छ । जिन्दगी लामो छ । एसएलसी (अहिले त एसइइ भन्ने गरिन्छ) मात्र सबै कुरा होइन । एसइइमा राम्रो ग्रेड आएन भनेर निराश हुनुपर्दैन । राम्रो ग्रेड आयो भनेर मात्तिनु पनि हुन्न । मेहेनत गर्न छाड्नु हुन्न, सबैकुरा ठिक हुन्छ । एसइइ सकेका सबैलाई सुनौलो भविष्यको कामना !



(मनोज ज्ञवाली ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यो सामाग्री उनीसँगको कुराकानीमा आधारित हो ।)  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: