×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिना लाइसेन्स डोजर चलाउने अधिकार मेयर सापलाई कुन कानुनले दियो ?

  • डीआर नेपाल 
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले डोजर चलाएर एक कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ३ घाइते भएको खबरले अहिले पूरै देश तातेको छ । विशेषगरी सामाजिक संजालमा यसको तीब्र आलोचना भइरहेको छ । कार्यक्रमका प्रमुख अतिथि मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसेको सुन्दा जति नमज्जा भयो त्यति नै एउटा प्रश्न मनमा खड्कीरहेको छ, ‘आखिर लाइसेन्स नै नभई उनलाई डोजर चलाउने अधिकार कसले दियो ? कुन कानुनले दियो ।
अझ अचम्मको कुरा त कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी, रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ र स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका छन् । त्यहाँ पत्रकार छन् वा कुनै पनि नागरिक छन् भन्ने थाहा पाउँदा त्यति होस् पनि मेयरले किन राखेनन् ? पत्रकार अधिकारी उपचार पछि घर फर्केका त छन् । तर भोलि उनको स्वास्थ्यमा केहि समस्या आयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? उनको शरिरका विभिन्न भागमा चोट लागेको मात्र भएपनि शरीर न हो, अहिलेको तोड पछि देखा पनि त पर्न सक्छ । यसको जिम्मा कसले लिने ?
कानुनत : डोजर त के मोटरसाइकल पनि लाइसेन्स बिना चलाउन पाइंदैन । अनि मेयरले चाहिं जे गरे पनि हुने हो ? कानुन भनेको सोझालाई मात्र हो ? साना जनतालाई मात्र हो ? कसले सिकायो यस्तो उट्फट्याङ काम गराउन मेयर सापलाई ? अलिकति मेयर सापले पनि सोच्नु पर्दैन ? भोलि कसैले एयरपोर्ट उद्घाटन गराउन बोलायो भने प्लेन नै उडाइदिने ? हरे ! के के मात्र हुन्छ हो, मेरो देशमा !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: