×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकको १०.७५% बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेगा बैंकको १०.७५% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले असार २९ गते वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । 
मेगाले टुरिजमसँग मर्जपछि कायम पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँको १०.७५% बोनस दिने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो । यसअघि टुरिजमले घोषणा गरेको बोनसलाई पनि मेगाले यसैमा एकीकृत (समायोजन) गरेको छ । बोनसपछि चुक्ता पुँजी अझै माथि जानेछ ।
यता, मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको दिन (वैशाख ३० गते) भन्दा पछि कायम सेयरधनीले भने बोनस सेयरमा लाग्ने कर आफैले तिर्नुपर्नेछ । त्यसभन्दा अघि कायम भएका दुवै बैंकका सेयरधनीलाई भने कर छुट हुनेछ ।
साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब ५० करोड पुर्याउने अर्को विशेष प्रस्ताव पनि लगिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: