×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्साइड स्टोरी : ‘पत्रकार’ बन्न काठमाडौँ छिरेका नारायण कार्की, विदेशको सुख छोडेर गाउँ बनाउन रामेछाप फर्के…!

  • इन्साइड स्टोरी ब्यूरो / अर्थ सरोकार डटकम 
काठमाडौँ – जीएन इंग्लिश बोर्डीङ स्कुल, अर्थात रामेछापको बिकट माकादुममा स्थापित एक विद्यालय, र तीनका अध्यक्ष नारायण कार्की । सोहि स्थानमा जन्मिएका उनी पत्रकार बन्न चाहान्थे । त्यहि इक्षा लिएर उनी काठमाडौँ आए । तर सोचेजस्तो कहाँ हुन्थ्यो र जीवन। ! खुब संघर्ष गर्नुपर्यो उनले काठमाडौँमा । उनले भारी बोके, ट्याक्सी ड्राइभर भए र अन्य थुप्रै कामहरु गरे । लाउन खान सजिलो थिएन । अझ संघर्षको तह त कुरै छाडौं । यहि बीचमा उनी विदेशीए । दुवइमा लामो समय काम गरे । त्यहाँ रिसर्चमा आवद्ध भए । तर आफ्नो गाउँ-ठाउँको मायाले उनलाई छोडेन । विदेशमा दु:ख पछि आएको सुख, नाम, र दाम छोडेर उनी रामेछापको माकादुम फर्किए र जीएन इंग्लिश बोर्डीङ स्कुल खोले । 
अहिले उनको स्कुल गाउँमा मात्र होइन वरपरका थुप्रै गाउँहरुमा चर्चित छ । दुख गरेर बनाएको स्कुलले प्रगति गरिरहेको छ र सबैको माया पाएका छन् उनले । अहिले स्कुलमा ८ कक्षासम्म पढाइ हुन्छ । यद्यपी उनको इक्षा भने रिसर्च विश्वविद्यालयसम्म पुग्छु भन्ने छ । बिकट बस्तीमा पनि होस्टेलको सुविधा, इन्टरनेटको सुविधा लगायतका थुप्रै सुविधाहरुले पूर्ण छ उनको स्कुल । त्यतिमात्र होइन, सफ्टवेरको माध्यमबाट अध्यापन गराउँछ उनको स्कुलले । कार्कीको लामो समय अगाडीदेखिको सपना अहिले पूरा भएको छ र थुप्रै सपनाहरु पूरा हुने छाँटकाट गर्दैछन् । उनको क्रियाशीलतालाई देखेर थुप्रैले उनलाई सहयोग पनि गरेका छन् । 
काठमाडौँमा कार्कीले खुब दुख गरेका थिए । पसलमा काम गर्दा गर्दै सांग्रीला होटलमा तालिमको लागि गएका उनी त्यहाँबाट दुबई पुगे । यहिबीचमा उनी दुबई नेचुरल हिस्ट्री ग्रुपमा आवद्ध भए र थुप्रै रिसर्चका कामहरु गरे । त्यसपछि उनको जीवन सुखमय हुँदै गयो । तर कार्की सुखमा रुमल्लिएनन् । बरु गाउँमा केहि गर्नुपर्छ भनेर उनी पुन: माकादुम फर्किए । गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने गरी विद्यार्थीलाई पढाउने र विश्व वातावरणमा आफ्ना विद्यार्थीहरुलाई कतै पनि असहज नहोस् भनेर उनी त्यहि हिसावले लागे । दुवइमा आफुले देखेका बुझेका कुराहरु अहिले उनले स्कुलमा लगाए । विकट बस्तीका विद्यार्थीहरु अहिले ट्याब्लेटमा पढ्छन्, इन्टरनेटमा सर्च गर्छन् र विश्व चिन्छन् । नारायण कार्कीको मेहेनतले स्कुलमा यो हिसावले पनि कम गरेको छ ।
स्कुलले दिएको सुविधाले अहिले विद्यार्थी तथा अभिभावकहरु पनि निकै खुसी छन् । शिक्षक-शिक्षिकाहरुलाई निकै राम्रो वातावरण दिएको छ विद्यालयले । सोहि कारण यो विद्यालय गाउँकै मात्र होइन रामेछापकै नमुना विद्यालय बन्न सफल भएको छ । हामीले उनको त्यहि संघर्षको कथा र विद्यालयका बारेमा विशेष भिडियो सामाग्री बनाएका छौं । बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: