ज्ञानेन्द्र ढुंगानाले 'हतारो' गर्दा नेपाल बंगलादेश बैंकको गाडीले मान्छे हान्यो, चालकलाई सिकाइएको गलत संस्कारले दुर्घटना

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- मेनेजमेन्ट एसोसीएसन अफ नेपाल (म्यान) को कार्यक्रममा जान बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले हतारो गर्दा उनको गाडीले पैदल यात्रीलाई ठक्कर दिएर 'अपाङ्ग' बनाएको छ । आइतबार होटल अन्नपूर्णमा रहेका ढुंगानालाई म्यानको कार्यक्रममा जान हतार भयो भन्ने खबर पाएपछि अनियन्त्रित ढंगले गाडी चलाईदा यस्तो घटना भएको बताइएको छ । सीइओलाई हतार भयो भन्दै राइजिङ मलबाट महेन्द्रको शालिक तर्फ अनियन्त्रित गतिमा आउंदै गर्दा जडिबुटी बस्ने बर्ष ३० को रवी कुमार शाहलाई उक्त गाडीले ठक्कर दिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त गाडीमा ठाकुर राम थापा र नरेश कायस्थ पनि सवार थिए । उनीहरु पनि नेपाल बंगलादेश बैंककै कर्मचारी हुन् । नेपाल बंगलादेश बैंकको नाममा रहेको बा १० च ९९९१ नम्बरको गाडीले शाहलाई ठक्कर दिँदा शाहको औंलामा गम्भीर चोट लाग्दा पीडीत अपाङ्ग बन्ने अवस्था आएको छ । राम कुमार श्रेष्ठले चलाईरहेको उक्त गाडीले पहिला जेब्रा क्रसिङ भएको ठाउँमा नै पदलयात्रीलाई ठक्कर दिएको बताइएको छ । यता घाइते शाहको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । 

चालकलाई सिकाइएको गलत कुराले दुर्घंटना !
बैंक स्रोतले दिएको गोप्य जानकारी अनुसार दुर्घंटना भएको खण्डमा बैंकले सबै खर्च ब्यहोरिदिने र उक्त खर्छ पनि इन्सुरेन्सबाट 'क्लेम' हुने हुनाले हतारो परेका बेला गाडी जसरी पनि कुदाउन बैंकले चालकलाई सिकाउने गरेकाले यस्तो दुर्घटना हुने गरेको छ । माथिको घटनामा पनि सबै खर्च बैंकले व्यहोर्ने गरी सहमति भएको छ । जवकी यो खर्च इन्सुरेन्स कम्पनीले बैंकलाई पुन: भुक्तान गर्छ । सरसर्ती हेर्दा न कुनै सजाय, न कुनै क्षतिपूर्ति व्यक्तिगत रुपमा तिर्नुपर्ने भएकाले पनि बैंकका गाडीहरु अनियन्त्रित भएर चलाइने गरेको पाइएको छ । यसअघि पनि उक्त चालकले चलाएको गाडी एकपटक गम्भीर दुर्घंटनाबाट जोगिएको थियो । 
प्रकाशित : Monday, June 11, 2018

recent

Popular Posts