×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा अगाडी लम्किदै एन आई सी एशिया, सर्लाहीमा दुई नयाँ शाखा विस्तार

काठमाडौं – एन आई सी एशिया बैंकले स्थानियतहसम्म शाखा विस्तार गर्ने क्रममा सर्लाहीमा दुई नयाँ शाखाहरु विस्तार गरेको छ भने झापामा एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  
बैंकले सर्लाहीको बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको जेष्ठ २७ गते उद्घाटन गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 
एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: