×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘घाटामा कर लगाउनु ठिक र स्वागतयोग्य छ’ भन्ने बोर्डका प्रवक्तामाथि हातपात प्रयास, बालबाल बचे गिरी (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लगानीकर्ताहरुले धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी माथि हातपात गर्ने प्रयास गरेका छन् । आन्दोलनका क्रममा सेयरको कारोबार गर्न छाडेर धितोपत्र बोर्ड घेराउ गर्न पुगेका लगानीकर्ताले गिरीमाथि हातपात प्रयास गरेका हुन् ।
केहि लगानीकर्ताहरुले उनीमाथि आक्रमणको प्रयास गरेपनि लगानीकर्ताका नेताहरुले उनीलाई हातपात हुनबाट जोगाएका थिए । नेप्सेमा समेत भाषण सक्नेबित्तिकै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलमाथिसमेत हातपात भएको थियो ।

यता केहिले भने अम्बिका पौडेलले उनलाई हातपात गर्न लगाएको आरोपसमेत लगाएका छन् । आफुले झन्डै कुटाइ खाएपछि उनले केहि लगानीकर्ताहरुलाई, ‘हामीले के गरेका छौं र, बरु कर लगाउने निर्णय स्वागतयोग्य छ भन्नेहरुलाई पेल्नुस्’ न भनेका थिए । धीतोपत्र बोर्डका केहि कर्मचारीहरुले पनि अम्बिका पौडेलले लगानीकर्तालाई उकासेर गलत काम गरेको आरोप लगाएका छन् । धीतोपत्र यद्यपी यसबारे अम्बिका पौडेलसँग प्रतिक्रिया माग्न खोज्दा उनको मोबाइल अफ छ ।  उनी पनि सोहि कार्यक्रममा थिए ।

हेर्नुहोस् भिडियो :


भिडियो : नेपाल जर्नल

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: