
काठमाडौं : एनएमबि बैंकको आज बुधबार देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला भएको छ । लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् । एनएमबिको मंगलबारको क्लोजिङ भाउ भने ३६७ रुपैयाँ छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्रीमा ल्याएको हो। यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । यसअघि नेदरल्यान्डको एफएमओ नामक कम्पनीले एनएमबिको चुक्ता पुँजीको २०% एफपीओ २५० रुपैयाँ प्रिमियम भाउमा किनेको थियो ।
एनएमबिको एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्