×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणतन्त्र दिवसमा बालकृष्ण छुटाएको सरकारले एक हप्तामा मच्चायो यस्तो लुट, गर्यो जनता रुवाउने निर्णय (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जेठ १५ मा बालकृष्ण ढुंगेललाइ आम माफी देइयेरा विवादित बनेको सरकारले फेरि जनता रुवाउने निर्णय गरेको छ ।  सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेर जनता रुवाउने निर्णय गरेको हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए ।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको हवाला दिंदै सरकारको ठाडो निर्देशनमा निगमले पेट्रोलको मूल्य बढाएको हो । यो सँग ओली सरकारमा आएपछि आधा दर्जनपटक मूल्य बढीसकेको छ ।  यसलाई धेरैले लुटतन्त्रको पराकाष्टा भनेका छन् । सामाजिक संजालमा समेत धेरैले यस्तो काम सरकारले गरेको लुट भएको व्याख्या गरेका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: