×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकमा झन्डै ४७ लाख रुपैयाँ घोटाला, सीसीटिभी अफ गरेर आइटी हेडले नै पैसा चोरेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा – ओम डेभलपमेन्ट बैंकको एटिएममा झन्डै ६० लाख घोटाला भएको खुलासा भएको छ । चिप्लेढुङ्गामा रहेको बैंकको प्रधान कार्यालयका कर्मचारी आईटी हेड अशोक गुरुङले बैंकको एटिएमबाट झन्डै ४७ लाख रुपैयाँ चोरी गरेको खुलासा भएको हो । अर्थ सरोकार डटकमलाई बैंककै एक उच्च तहका कर्मचारीले दिएको जानकारी अनुसार बैंकका आइटी हेडले एटिएमको रकम त्यहाँ रहेको सीसीटिभी अफ गरेर भकाभक निकालेका थिए । बैंकको प्रधान कार्यालयमै रहेको एटिएम र गैह्रापाटन फिस्टेल अस्पतालमा रहेको एटिएमबाट रकम झिकिएको थाहा भएपछी बैंकको यो घोटाला प्रकरण बाहिर आएको हो ।
लमजुङ घर भई हाल लेखनाथ विजयपुर बस्दै आएका आईटी हेड गुरुङलाई बैंकले निलम्बन गर्ने निर्णय गरिसकेको छ । उनले लामो समयदेखि कहिले कति कहिले कति गर्दै झन्डै ४७ लाख रुपैयाँ घोटाला गरेको पाइएको छ । यो घोटाला अन्तरिक रुपमा मिलाउन खोज्दा बैंककै कर्मचारीबाट सूचना चुवावट भएको प्रारम्भिक अनुसन्धानले देखाएको बुझिएको छ । यो घटनापछि अन्य कर्मचारीहरुमाथि पनि अनुसन्धान भइरहेको बताइएको छ । बैंकमा यो प्रकरणबारे बैंकका उच्च तहका कर्मचारी पनि जानकार रहँदा पनि यो घटनालाई लुकाउन खोजिएकोबाट झन् आशंका उब्जिएको छ । 
बैंककै कमजोरीले भयो घटना !
यसो त बैंकमा यति ठुलो घटना हुँदा पनि यसबारे सीइओ नबोल्नुले थप आशंका जन्माएको छ । हामीले घोटाला प्रकरणबारे बुझ्न खोज्दा ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले त्यस्तो कुनै घटना नभएको भन्दै लुकाउन खोजेका छन् । यसले पनि बैंकको उच्च अधिकारीकै मिलेमतोमा यो घटना भएको शंका गर्ने ठाउँ छोडेको छ । यता थुप्रै समय एटिएमबाट पैसा हराउँदा पनि रिकन्सीलेसन नभएको पाइएपछि बैंकभित्रको घोटाला प्रकरण झनै रहस्यमय हुँदै गएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: