×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पाको आर्यभज्याङ्गमा निर्धन उत्थान बैंकद्वारा ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

पाल्पाको आर्यभज्याङ्गमा निर्धन उत्थान बैंकद्वारा ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

निर्धन उत्थान बैंक लिमिटेडले पाल्पा जिल्लाको आर्यभज्याङ्गमा तीन दिने “ब्यवसायिक कुखरापालन तालिम” सम्पन्न गरेको छ । असार १ गतेदेखि तीन गतेसम्म संचालन भएको तालिममा बैंकका २४ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षकहरु कपिल श्रेष्ठ, युवराज ज्ञावाली, आर्यभज्याङ्ग शाखाका प्रमुख कृष्णकान्त अधिकारीले प्रशिक्षण दिएका थिए । 
सो अवसरमा बोल्दै बैंकका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्द कुमार गौतमले विगत साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरिरहेको बताए । उनले यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत जानकारी दिए ।
तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको आर्यभज्याङ्ग शाखा कार्यालयका प्रमुख कृष्णकान्त अधिकारीले प्रकाश पारेका थिए । तालिमको अन्त्यमा सहभागी तुल्सा न्यौपाने, सहभागी गौतम बिश्वकर्मा, प्रशिक्षक कपिल श्रेष्ठले मन्तब्य दिएका थिए । ब्यवसायिक रुपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । कुखुरापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका शाखा प्रमुख अधिकारीले जानकारी गराएका थिए ।
७७ वटै जिल्लामा शाखा सञ्जाल भएको नेपालको एक मात्र लघुवित्त निर्धन उत्थान बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुमार्फत तीन लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पुर्याईरहेको छ । बैंकको २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन भएको छ ।
बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आईरहेको छ । बैंकले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: