×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा पेट्रोलको हाहाकार हुने संकेत, अधिकांश पम्प बन्द, यस्तो भन्छन् डिलर एशोसियसन र आयल निगम !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँमा पेट्रोलको हाहाकार हुने संकेत देखिएको छ । पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले नेपाली चालकहरुलाई दुर्व्यवहार गरेओक भन्दै ट्यांकर चालकहरुले गाडी नागुडाउँदा यस्तो स्थिति आएको हो । सोहि कारण पेट्रोलियम पदार्थ नभएर धेरै पेट्रोल पम्पहरु बन्द भइसकेका छन् । अवको केहि दिन यहि स्थिथि रहने हो भने काठमाडौँमा पेट्रोलियम पदार्थको हाहाकार हुने निश्चित छ ।
‘भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैनन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘थानकोट र अमलेखगन्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन् । आइतबार चालकहरुले हड्ताल गरे । केहि समस्या परेको हो । तर आफ्नो साधनमा तेल भएका उपभोक्तालाई लाइनमा बस्नु पर्दैन । त्यसैरी लाइनमा नबस्न म आग्रह गर्दछु। ‘
यता नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल सोमबार दिउँसोबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य सुरु भइसकेको बताएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै निगमका प्रवक्ता बिरेन्द्र गोइतले भने, ‘चालकहरुले हड्ताल छाडेर काममा फर्किसकेका छन्भ । नियमित ढुवानी सुरु भइसकेको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: