×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कस्तो बिडम्बना ! विद्यासुन्दर शाक्यको ‘स्मार्ट सिटी’, जहाँ अस्पताल जान हिलोमा पौडी खेल्नुपर्छ ! (फोटो कथा)

  • अर्जुन भट्टराइ / अर्थ सरोकार डटकम 
काठमाडौँ – स्थानीय तहको चुनावका समयमा मेयरको उम्मेदवार बनेका विद्या सुन्दर शाक्यले काठमाडौँलाई स्मार्ट सिटी बनाउँछु भनेर खुब ‘खोके’ । यहि सपना बाँडेर उनी काठमाडौँको मेयरमा बिजय पनि भए । तर दु:खको कुराचाहिं अहिले उनै शाक्यले बाँडेको सपनालाई रद्दीको टोकरीमा फ्यालेर जनताहरु अस्पताल जाँदा पनि हिलोसँग पौडी खेल्न बाध्य छन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । काठमाडौँको मुटु मानिएको पुतलीसडकमा यस्तै बाध्यता जनताले भोग्नुपरेको छ । त्यो पनि बिद्या सुन्दर शाक्यकै पार्टी निकटको ‘जीफन्ट’ को कार्यालय जाने बाटोमा ।
अस्पताल जान हिलोमा पौडी खेल्नुपर्ने बाध्यता !
अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो यस्तो भएको यो बर्षमात्र होइन । दशौँ बर्ष अगाडीदेखि यो ठाउँको अवस्था यस्तै छ । बाटोमै रहेको क्यापिटल अस्पतालले बिरामीबाट लाखौँ रुपैयाँ असुल्छ तर यो बाटो बनाउन उसले कुनै पनि भूमिका खेलेको छैन । यहाँ वरपर रहेका घरहरुमा घरभेटीहरुले मासिक लाखौँ भाडा असुल्छन् । तर पनि बाटो बनाउने कुरामा कोहि पनि ‘सिरियस’ छैनन् । खर्चकै हिसाव गर्ने हो भने वरपरका सबै घरका घरभेटीले एक महिनाको आम्दानी दिने हो भने यो बाटोमा ‘पिच’ गर्न मात्र होइन मार्बल नै ओछ्याउन मिल्ने गरी घरभेटीहरुले भाडा असुल्छन् । तर बर्षौंदेखि यो बाटोको दुर्गति उस्तै छ ।
पीडीत बन्दै यात्रु, घरभेटीहरुलाई सरकारको भर ! अस्पताललाई मतलव नै छैन !
यता वर पर घर रहेका घरभेटीहरुले भने आफुहरुले सरकारलाई कर तिरेकाले बाटो बनाउने जिम्मा सरकारको भएको दावी गर्छन् । ‘हामीले सरकारलाई कर तिरेका छौं । यति बाटो सरकारले बनाइदिनुपर्ने हो । अस्पतालले पनि ख्याल गर्नुपर्ने हो । कसैलाई मतलव नै छैन । हामी एक दुई जना लागेर के गर्नु ? कसैले साथ नै दिंदैनन् । अधिकांस घरभेटी ‘चुँइया’ छन् ।’ ती घरभेटीले अर्थ सरोकार डटकमसँग भने । यता अस्पतालले भने यस विषयमा कुनै पनि मतलव राखेको छैन । यस विषयमा हामीले अस्पताल प्रसासनसँग पनि कुरा गर्न खोजेका थियौं । तर अस्पताल प्रसाशन हामीसँग सम्पर्कमा आउनै चाहेन ।  यता घरभेटीहरुले मासिक लाखौँ रुपैयाँ भाडा असुलेपनि रोडको ख्याल नगर्नु निकै निर्लज्ज काम भएको प्रतिक्रिया चौतर्फी रुपमा आएको छ । 

गाह्रो छैन समाधान !
यसो त जीफन्टको कार्यालय जाने बाटोका लागि केहि लाख बजेट छुट्याउन सरकारलाई पनि गाह्रो छैन । अस्पतालजस्तो ठाउँमा आउने बिरामीहरुलाई सहज होस् भनेर केहि पैसा खर्च गर्न अस्पताललाई पनि गाह्रो छैन । अनि आफ्नै घर अगाडीको बाटो बनाउन घरभेटीहरुअलाई पनि केहि गाह्रो छैन । तर इक्षाशक्तिको अभाव र सुविधा भन्दा पैसालाई नै महत्व दिने घरभेटीहरुको गलत प्रवृतिका कारण अझै बाटो बन्न सकेको छैन । यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: