×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मूर्खता नगरौं ! आउनुहोस्, नेपाल बैंक लिमिटेडको एफपिओ बहिष्कार गरौं ! (तथ्य र कारणसहित)

  • रामु खनाल / सेयर बजार विश्लेषक 
धितोपत्र बोर्डले नेपाल बैंक लिमिटेडको करिब १ करोड ७६ लाख कित्ता शेयर प्रतिकित्ता रु.२८० का दरले निष्कासन गर्ने अनुमति दिएको छ । जसको बजार मूल्य रु ३००को हाराहारीमा छ र एफपिओको मुल्य २८० तोकिएको छ । कम्पनीहरुको अरु कुराहरुको अतिरिक्त दोस्रो बजारको अवस्था एवं मूल्य नहेरी यसरी महङ्गो प्रीमियम शुल्क थपेर एफपिओ निष्कासनको लागि अनुमति दिनु भनेको लगानीकर्ताहरु कानुनी रूपमानै लुटिनु सरह नै हो । जसको पछिल्लो उदाहरण पोखरा फाइनान्स , बुटवल पावर कम्पनीको महङ्गो मुल्यको एफपिओ किन्नेहरुको अहिलेको अवस्था हेरे मात्र पुग्छ । 
यदि नियामक निकाय साच्चिकै बजारको हित अनि लगानीकर्ताको पक्षमा छ भने एफपिओमा देखिएका यस्ता विकृतिहरु तत्काल रोक्नुपर्छ । नेपाल बैंकको अहिलेको बजार मुल्य रु ३०० को हाराहारीमा छ । तर उसले रु २८० मा एफपिओ निष्कासन गर्ने अनुमति पाएको छ । बजारमुल्य र एफपिओको फरक जम्मा २० रुपैया छ । बजारमा जहिले पनि माग र आपूर्तिको आधारमा मुल्य निर्धारण हुनेगर्छ । एफपिओ निष्कासन पछि यस बैंकको करिब १ करोड ७६ लाख कित्ता नया शेयर बजारमा थपिने छ । 
अहिलेको बजार मुल्य र एफपिओको मुल्य बिचको फरक जम्मा २० रुपैया छ ।  के यो २० रुपैयाँले नयाँ थपिएको शेयरको भारी थाम्न सक्ला त ? गम्भीर सवाल यहाँ उठ्छ । यो २० रुपैयाले १ करोड ७६ लाख कित्ता नया शेयरको भारी बोक्न सक्दैन अनि मुल्य घट्छ । बजारमा अहिलेको अवस्थामा नेपाल बैंकको एफपिओ नबिक्ने सम्भावना धेरै देखिदैछ । यहि सबै शेयर नबिक्ने सम्भावनाको भ्रम चिर्नको लागि यति प्रतिशत लाभांश दिन्छ वा दिदैछ , यति रकम जगेडा कोषमा जम्मा भएको छ वा हुनेछ भन्दै गुणगान गाइने छ । 
एफपिओको पृमियम मार्फत तपाईले १०० रुपैयाको शेयरलाइ १८० रुपैया बढी तिरेर २८० रुपैयामा किन्दै हुनुहुन्छ भने जगेडा कोषमा तपाईको आफ्नै पैसा पनि गयो । तपाईको अतिरिक्त भुक्तानिलाई जगेडा कोषमा जम्मा पारेर जगेडा कोष ठुलो देखाएर कुनै अर्थ रहदैन । एफपिओको मुल्य भन्दा बजार मुल्य तल गयो भयो भने घाटाको दिन शुरु भयो । यदि बजार बढदो ट्रेण्डमा भए घाटा हुने सम्भावना कम हुने थियोे र यस्तो अवस्थामा घाटा हुने सम्भावना अधिक रहन्छ । यति लामो समय सम्म लगानीकर्ताहरुलाइ केहि नदिएको बैंकले एफपिओ बिकाउन कै लागि कुनै नया ललिपप्प फ्याक्न सक्छ यतातिर सजक हुन जरुरी छ । 
एफपिओमा लगानी गर्नु पहिला कम्पनीको आधाभुत कुराहरुको अतिरिक्त बजार मुल्य र भबिष्यमा हुनसक्ने मुल्यको उतारचढावको समेत विश्लेषण गरेरमात्र लगानीको निर्णय गर्नुपर्छ । नेपालको पूँजी बजारमा एउटा गजबको व्यवस्था के छ भने आइपीओ जुन प्रायः १०० रुपैयामा निष्कासन हुन्छ त्यसमा पहिला कर्मचारी , स्थानीय बासिन्दा तथा म्युचुअल फण्डहरुलाई आरक्षण प्रदान गरेर मात्र सर्वसाधारणहरुलाई आइपिओ निष्कासन गरिन्छ । तर एफपिओ जहा प्रायः पृमियम थपिएको हुन्छ त्यसमा भने पहिला सर्वसाधारणलाई निष्कासन गरिन्छ। सर्वसाधारणले नकिने बाकी रहे मात्र संस्थागत लगानीकर्ताहरुलाई बिक्रि गरिन्छ । 
संस्थागत लगानीकर्ताहरुले पनि नकिनी बाकी रहेकोमा मात्र प्रत्याभूत गर्नेहरुले सकार्नुपर्ने हुन्छ । यसरी आइपिओ र एफपिओ निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुलाई नितिगत रूपमा नै विभेद गरिएको छ। बजार मुल्य र एफपिओको मार्जिन कम राखेर एफपिओ निष्कासन गर्ने अनुमती दिनु भनेको नै सोझासाझा सर्वसाधारण लगानीकर्ताहरु सग बैधानिक लुट मच्चाउनु हो । यस्ता एफपिओ बिकृतीहरुको खुलेर बिरोध गरौ । नेपाल बैंक लिमिटेडको एफपिओ बहिष्कार गरौं । सम्पत्ति तपाईको हो । एफपिओमा लगानी गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार तपाईको नै हो । घाटा भए पनि तपाईलाई नै हो फाइदा भए पनि तपाईलाई नै हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: