रौतहट पुग्यो सन्राइज बैंक, ग्राहकको सुविधालाई मध्यनजर गर्दै “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ


काठमाडौं - शाखा विस्तारलाई अगाडी बढाउदै गर्दा  सन्राइज बैंक लिमिटेडले रौतहटको चन्द्र निगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन  नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक रबिन्द्र  महर्जन, बैंकका संचालकद्धय ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा गरेका छन्  । 

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
प्रकाशित : Tuesday, June 12, 2018

recent

Popular Posts