×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सद्धे छन् कि बौलाए लगानीकर्ताका नेताहरु ? संघको नाम बेचेर फेरि यो साँढे ७ प्रतिशतको हाउगुजी किन ?

  • अर्थ सरोकार टिप्पणी 
केहि समय अगाडी लगानीकर्ताहरु आन्दोलनमा थिए । सरकारले घाटामा पनि कर लगाउने निर्णयमा गरेपछि उनीहरुको जायज आन्दोलनमा सबै मिडियाहरुले पनि साथ दिए । हुन त नेतागिरी गरेर बजारमा सबैभन्दा चलखेल गर्नेहरु पनि तीनै हुन् भन्ने आरोप नलागेको होइन । बजारमा सबै भन्दा विवादित ठुला लगानीकर्ता तिनै फोरम मध्येका एकको अध्यक्ष छन् भन्ने पनि सबैलाई थाहा छ । र पनि आन्दोलन जायज भएकाले उनीहरुका हरेक बिज्ञप्तिलाई प्राथमिकताका साथ प्रकाशन गर्ने धेरै सञ्चारगृहको आन्तरिक रणनीति थियो, अर्थ सरोकार डटकमको पनि थियो ।
तर केहि समय अगाडी यस्तो बिज्ञप्ति आयो कि मानौं बिज्ञप्ति निकाल्ने संघका नेताहरुको स्वास्थ्यस्थिति नै बुझ्नुपर्ने हो कि भन्नेसम्मको शंका उत्पन्न भयो । शेयर बजारमा सरकारले कायम गरेको साढे सात प्रतिशतको पूँजीगत लाभकर अन्तिम हो कि हैन ? भन्ने कुनै पनि विवाद नै नरहेको बेला जवर्जस्ती यस्तो हो र उस्तो हो भनेर बिज्ञप्ति आयो । ब्यक्तिगत करदाता नम्बर लिएर शेयर कारोबार गरेकाको हकमा यो अन्तिम कर हुने गरेको छ भन्ने सबैलाई थाहा छ । तर सानो कुरालाई ठुलो बनाएर लगानीकर्ताका नेताहरुले के गर्न खोजेका हुन् पत्तो छैन ।
बाजारमा ब्याजदर चुलिएको छ । यो कुरामा यिनीहरुलाई कुनै बाल छैन । तरलता संकट उस्तै छ, त्यसको पनि मतलव छैन । लगानीकर्ताहरु अझै त्राहिमाम छन् । उनीहरुलाई केहि मतलव नभएर अहिले अड्किनु नै नपर्ने कुरामा अड्किएका छन् नेताहरु । अर्कोतर्फ यी लगानीकर्ता संघहरुले शुरुमै सरकारले बढाएको पूँजीगत लाभकर स्वीकार गरी साढे सात प्रतिशतलाई अन्तिम कर बनाई पाउँ भन्ने उल्लेख गरेको कुरा आफैंमा रहस्यमा छ । अहिले बजारमा सबै तिर त्रास बढेका बेला, बेतुकको बिज्ञप्ति निकालेर झन् लगानीकर्ताहरुलाई ‘कन्फ्युजन’ गराउनु हुँदैनथियो भन्ने चेतना उनीहरुमा कहिले आउने ?
यस्ता हावादारी बक्तब्यबाजी नगरेकोकै राम्रो हुन्थ्यो कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: