×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल र चीनबीच ३ वटा सम्झाैतापत्रमा हस्ताक्षर

बेइजिङ – प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बिहिबार नेपाल र चीनबीच तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालमा रेलमार्ग निर्माण, सुख्खा बन्दरगाह निर्मार्ण र अन्तरदेशीय विद्युत् प्रसारण लाईन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमअन्तर्गत आज दुबै देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।
चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली नेतृत्वको टोली र चिनियाँ टोलीबीच भएको वार्ता पछि सहमती भएका ती सम्झौतामा हस्ताक्षर भएको हो । यसअघि प्रधानमन्त्री ओलीलाई चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको थियो ।
त्यस लगत्तै दुई देशबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु भएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली पनि सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए ।
अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: