×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा लाईफ र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता, अब इन्स्योरेन्सका ग्राहकलाई स्वास्थ्य सेवामा १०% छुट

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता भएको छ । जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने भएको छ ।
नेपाल मेडिसिटि अस्पताल, भैंसीपाटीमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी ले हस्ताक्षर गरे । सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्सुरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको हो । 
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सानिमा लाईफ इन्सुरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे । 
आफ्ना ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनु साथै अस्पतालसँग निरन्तर काम गर्ने अपेक्षा रहेको कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी ले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: