×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको ढाडसक्ने गरी आएको सरकारको निर्णयमा धीतोपत्र बोर्डकै समर्थन ! विभाग भन्छ, ‘निर्णय ब्याक हुन्न’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ताको ढाडसक्ने गरी आएको सरकारको निर्णयमा धीतोपत्र बोर्डकै समर्थन ! विभाग भन्छ, ‘निर्णय ब्याक हुन्न’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा अग्रिम पूँजीगत लाभकर असूल्न दिएको निर्देशनप्रति धीतोपत्र बोर्ड पनि सकारात्मक भएको खुलासा भएको छ । बोर्डका उच्च अधिकारीबीच हिजो भएको छलफलमा समेत विभागको निर्णय सहि भएको तर्क बोर्डका अधिकांस उच्च अधिकारीले दिएका थिए । लामो समयदेखि सेयर कारोबारमा कर छल्ने काम हुँदै आएकोमा यो निर्णयले त्यस्तो गलत प्रवृति रोकिने उनीहरुको तर्क छ । यसो त बोर्डका प्रवक्ता निरज गिरीले सार्वजनिक रुपमै विभिन्न सञ्चारमाध्यमसँग बोल्दै विभागको निर्देशन निकै स्वागतयोग्य भएको बताईसकेका छन् । 
यता आन्तरिक राजश्व विभागले पनि उक्त निर्णयबाट विभाग कुनै पनि हालतमा पछि नहट्ने संकेत दिएको छ । लगानीकर्ताले हरुले यस निर्णयको विरुद्धमा आन्दोलन गर्ने खबर प्राप्त गरेपछि विभागका उच्च अधिकारीहरुले गरेको टेलिफोन सम्बादका क्रममा विभागका उच्च अधिकारीहरुले कुनै पनि हालतमा यो निर्णय फिर्ता नहुने जिकिर गरेका हुन् । ‘यो निर्णय सानो तयारीले आएकै होइन । कि आयकर नै संशोधन गर्नुपर्यो । नत्र महालेखाले बेरुजु निकाल्छ हरेक बर्ष । त्यसैले कुनै पनि हालतमा यो निर्णय फिर्ता हुन्न ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै विभागका एक उच्च अधिकारीले भने ।
अर्थमन्त्री डा. युवराज खतिवडाको ठाडो निर्देशनमा आन्तरिक राजश्व विभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएसीलाई पत्राचार गरी आइतबारदेखि नै अग्रिम कर असुल्न निर्देशन दिएको छ । यो निर्णय विरुद्ध इन्भेष्टर्स फोरमबाहेकका दुई लगानीकर्ता संघले आन्दोलनको तयारी गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: