×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डका घरबेटी पनि ‘कामचोर’ ठेकेदार भएको खुलासा ! होला त कारवाही ? (काम चोरेका ठेक्काको लिष्टसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रचण्डका घरभेटी अर्थात शैलुङ कन्स्ट्रक्सनका मालिकपनि ‘कामचोर’ भएको खुलासा भएको छ । काठमाडौँका विभिन्न सडक बनाउने क्रममा उनले काम चोरेको, समयमा ठेक्का नसकेको लगायतका काम गरेपनि राजनीतिक आडका भरमा बाँचीरहेको फेला परेपछि यस्तो रहस्य खुलेको हो । 
काठमाडौं महानगरपालिकाले ३५० सडकमा काम गरिरहेका ठेकेदारहरुको सूची बनाउँदा शैलुङ कन्स्ट्रक्सनले अधिकांश ठाउँमा समयमा काम नगरेको पाइएपछि यस्तो रहस्य खुलेको हो । गत साउनमा नै काम सक्नुपर्ने सिद्धार्थ मार्ग बुद्धनगर र रत्नराज्य स्कुल पाण्डेश्वर मन्दिर सडक लगायतमा काम नसकेको पाइएपछि उक्त कम्पनीपनि कामचोरको लिष्टमा परेको हो ।
हेरौं प्रचण्डका घरभेटेको कम्पनीले काम चोरेका ठेक्काहरु :

१. काठमाडौं १६ को पुलिस चौकी उत्तरतर्फ हुँदै बोहोराटार-बनस्थली सडक । शैलुङ कन्स्ट्रक्सनले गत असोजमा नै सक्नु पर्ने उक्त काम अझै सकिएको छैन । उक्त काम भर्खर ३० प्रतिशत सकिएको छ ।
२. कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक पनि यहि ‘कामचोर’ कम्पनीले लिएको हो ।सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने थियो । तर अझै काम सकिएको छैन । 
३. भक्तपुरको बिष्णु कुण्डली-सिद्धीकाली सडकमा पनि सोहि कामचोर कम्पनी शैलुङसँगै ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । यो खण्डको काम पनि म्याद थपेर त्यसै राखिएको छ । यो काम पनि कहिले सकिने हो ठेगान छैन । 
४. नागढुंगा-कलंकी सडक खण्डमा शैलुङको विभिन्न जोइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । यो काम पनि समयमा सकिएको छैन । 
५. कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म सकिनुपर्ने काम अझै सकिएको छैन ।
६. नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले निर्माण गर्दैछ । यो खण्डको काम पनि सकिएको छैन ।
७. ललितपुरको ढोलाहिटी-सुनकोठी-चापागाउँ-लेले सडकको एक खण्डमा दिवा-शैलुङ जेभीले विस्तार गर्दैछ । उपत्यका सडक विस्तार आयोजनासँग भएको सम्झौता सकिन ६ महिना बाँकी छ । तर काम सकिने ठेगान छैन। 
८. वनस्थली-बालाजुचौकी-बोराटार सडकखण्डमा पनि शैलुङको दादागिरी छ । १४ करोड रुपैयाँमा ठेक्का परेको यो सडक अझै पनि भइसकेको छैन । काम कहिले सकिने हो ठेगान छैन ।
९. गोपीकृष्ण हलदेखि कपनसम्म धोबीखोला करिडोर निर्माणमा पनि शैलुङको दादागिरी छ । काम चोर्ने काम भएको छ ।
१०. कपन क्षेत्रमा ३ वटा सडकका ठेक्का यही कम्पनीले पाएको छ । काम समयामा सकिएको छैन । 
११. शैलुङ कन्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको पाइप हालेपछि सडक पुर्नेदेखि सडक बनाउनेसम्म दजनौं ठेक्का पाएको छ । तर कुनै काम समयमा सकिएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: