×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफुलाई कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्रीको ठाडो निर्देशनमा टेलिभिजन कार्यक्रम ‘सिधा प्रश्न’ बन्द !

काठमाडौँ- नेपाल टेलिभिजनमा बिगत १२ बर्षदेखि सञ्चालित कार्यक्रम सिधा प्रश्न ? संचारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको छ । केही दिन अघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले लाइभ अन्तर्वार्ता दिंदा झुट् बोलेको कुरा सामाजिक सन्जालमा भाइरल  भएपछि रिसाएर उक्त गलत कदम चालेका हुन् ।
‘देशका जनताको सुचनाको सम्बैधानिक हक प्रत्याभुत गराउने, स्वतन्त्र प्रेसलाई प्रबर्द्धन गर्ने महत्वपुर्ण जिम्मेवारीमा रहेका सरकारका प्रबक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिबिधिको विपक्षमा छ? सत्तालाई जवाफदेही बनाउने पत्रकार र सन्चार माध्यम नियन्त्रण गर्न चाहन्छ ? त्यस्तो कदम लोकतान्त्रिक हुनसक्छ ? सत्ताको भुत र मातले गरिने यस्ता गतिबिधिले सरकारको “सम्ब्रिध्द् नेपाल सुखी नेपाली” नारा हात्तिको देखाउने दांत मात्रै त हुँदैन ? भन्ने प्रश्न उठेको छ ।’ कार्यक्रम बन्द भएपछि कार्यक्रम निर्माता तथा प्रस्तोता राजु थापाले फेसबुकमा लेखेका छन् । 
उनले लेखेका छन्, ‘अन्तर्वार्ताको दिनमा भित्र र बाहिर समेत मन्त्री बास्कोटाको शैली कुनै श्री ३ महाराजको भन्दा कम महशुस भएन । मैले यति धेरै दबाब बोध् गत १२ बर्षमा सायदै गरें होला । मन्त्रिले टेलिभिजनका पत्रकार र कर्मचारीलाई हाता भित्र पसे देखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म सहस्र पासले बाँधिए झै भएर अन्तर्वार्ता लिन बसेको थिए । अन्तर्वार्ता दिंदा र अघि पछिको ब्यबहारले यस्तो लाग्थ्यो कि मन्त्रि हामीलाई आफ्नो रैति ठान्छन् ।’
उनले अगाडी लेखेका छन्,’सभ्य लोकतान्त्रिक अभ्यास र सचेत जनता हुने देशमा मन्त्रिले बोलेको सफेद झुट् र गरेको गलत कार्य वापत मन्त्रि पद गुमाउनु पर्थ्यो होला तर हाम्रो देशमा उल्टै शासकको कोपभाजनमा पर्नुपर्छ । जनताको सुचनाको हक र प्रेस स्वतन्त्रताका बिरुद्ध् चालिने यस्ता अधिनायकबादी कदमको सम्बद्ध् सबै पक्षबाट उचित मुल्यांकन र प्रतिक्रिया हुनेनै छ । १२ बर्ष वर्षसम्म टेलिभिजन कर्म गर्दा मैले जनता र देशलाई केन्द्रमा राखेर कर्तब्य निर्वहन गर्ने कोशिस गरे । टेलिभिजन पत्रकारिता गर्ने क्रममा मलाई माया, साथ, सहयोग, सद्भाव दिने र आलोचना गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दछु। नमस्कार ।’

यहि अन्तर्वार्ताका कारण बन्द गरियो कार्यक्रम !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: