×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ता संघहरु र सरकारको वार्ता मिलेन, अर्थमन्त्रीको सन्देश, ‘वार्तामा जति बसेपनि हुन्छ तर निर्णय फिर्ता हुन्न’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घाटामा पनि कर लगाउनुपर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताका नेता र सरकारबीच भएको वार्ता असफल भएको छ । अर्थ मन्त्रालयमा भएको वार्तामा लगानीकर्ताले आफ्नो कुरा राखेका थिए भने सरकारका तर्फबाट सहसचिव उत्तरकुमार खत्रीले आफ्नो कुरा राखेका थिए । 
उनले आन्तरिक राजश्व विभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई दिएको निर्देशन फिर्ता नहुने स्पष्ट संकेत वार्ताका क्रममा गरे । वार्ता फेरि बस्ने गरी टुंगीएको बताइएको छ । तर सरकारलाई कुनै पनि हालतमा यो निर्णयबाट पछि नहट्न अर्थमन्त्री युवराज खतिवडाले निर्देशन दिइसकेका छन् ।
उनले वार्ता समितिमा बसेका उत्तरकुमार खत्रीलाई वार्ता जतिपटक बसेपनि उक्त निर्णय फिर्ता नहुने बताएको मन्त्रालय स्रोतको दावी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: