×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रेकिङ : घाटापनि कर लगाउने निर्णय फिर्ता लिन अर्थमन्त्री तयार ! तर बोर्ड र सीडीएससीले उचालिरहेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घाटामा पनि कर लाग्ने सरकारको निणर्य फिर्ता लिन अर्थमन्त्री तयार भएका छन् । राजश्व विभागका उच्च अधिकारी, अर्थमन्त्रीबीच बसेको अनौपचारिक बैठकका क्रममा आफु उक्त निर्णय फिर्ता लिन तयार भएको अर्थमन्त्रीलाई उधृत गर्दै उक्त बैठकका एक सहभागीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घाटामा पनि कर लाग्ने गरी आएको निर्णयलाई पुनरावलोकन गर्न अर्थमन्त्री तयार भएका हुन् । ‘लाभांशको कुरामा अलि बढी नै फण्डा भयो । यसलाई तत्काल फिर्ता लिउँ तर कर छलीको समस्यालाई सम्बोधन गर्ने भन्ने विषयमा पनि छिटो निर्णय लिने गरी अगाडी बढौं ।’ अर्थमन्त्रीले बैठकमा भनेको ती सहभागीले बताएका छन् ।   ‘सीडीएससी र बोर्डले नौचालेको भए अर्थमन्त्रीले यो निर्णय फिर्ता लिन तयार छन् । अव हेरौं के हुन्छ ।’ 
लाभांशको विषयलाई लिएर लगानीकर्ताका संघहरु आन्दोलनमा छन् । यद्यपी लगानीकर्ता र ब्रोकरहरुले उक्त आन्दोलनलाई साथ दिएका छैनन् ।  यहि कुरालाई टेकेर धीतोपत्र बोर्ड सीडीएससीले अर्थमन्त्रीलाई निर्णय फिर्ता नलिन उचालिरहेका छन् । यस विषयमा थप जानकारी हामी तयार गर्दैछौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: