×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कुन कुन बैंकबाट आस्वा सेवा लिन पाइने ? हेर्नुहोस् नामावलीसहित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आस्वा सेवा लिन सकिने संस्थाहरुको नामावली नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको छ । बोर्डको नियम अनुसार आस्वा सदस्यहरुले प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नु पर्ने रहेको छ । नवीकरण नगरेको खण्डमा संस्थाको आस्वा अनुमतिपत्र खारेज गरिने छ । आस्वाको अनुमतिपत्र प्रत्यक वर्ष नविकरण गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नयाँ आर्थिक वर्षका लागि अहिलेसम्म ५६ वटा संस्थाले मात्र नवीकरण गरेकाले यी संस्थाबाट मात्र आस्वा सेवा लिन सकिनेछ । सेयर भर्न अहिले आस्वा प्रणाली लागू गरिएको छ । यसर्थ, यदि तपाईंको खाता भएको बैंकले नवीकरण नगरेको भए सेयर भर्न बाट वञ्चित हुन सक्ने देखिएको छ । 
अब फेरि आस्वा सेवा लिन नयाँ प्रक्रियाबाट आवेदन दिनुपर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले कानुनी प्रावधान अनुसार आस्वा सदस्यहरुले असार मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने हुन्छ । आस्वा अनुमति एक आर्थिक वर्षका लागि मात्र हुन्छ । अर्को वर्षका लागि फेरि नवीकरण गर्नुपर्ने प्रावधान रहेको उनले नेपाली पैसालाई जानकारी दिए । 
यस अघि आस्वा सदस्यता लिएका थुप्रै संस्थाले नवीकरण नगरेको पाइएको छ । यस्ता संस्थाको गैरजिम्मेवारी पूर्ण कार्यका कारण लगानीकर्ता मारमा पर्ने भएका छन् । उनीहरुलले नवीकरण नगर्दा त्यहाँ खाता भएका लगानीकर्ताले अब सेयर भर्न पाउनेछैनन् ।
जस्तो मंगलबारदेखि नै आइपीओ खुला भएको पञ्चकन्या माइको आइपीओ भर्न समेत कतिपय लगानीकर्ता वञ्चित हुनुपर्ने देखिएको छ । त्यसो त धितोपत्र बोर्डले आस्वा नवीकरण गर्नका लागि बैंक तथा वित्तीयलाई फोन गरेको थियो भने इमेलबाट समेत जानकारी गराएको थियो । ‘त्यति गर्दा पनि नवीकरण नगरेर उनीहरुले लापरवाही गरेको देखिन्छ,’ बोर्ड सम्बद्ध स्रोतले भन्यो । 
नवीकरण गरेका बैंक तथा वित्तीय संस्थाहरु
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: